Uncategorized

नेविसंघको एक पक्षले भन्यो : समय थपेरै भए पनि महाधिवेशन

काठमाडौं, २ मंसिर । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको एक पक्षले हालको कार्यसमितिको समय थपेरै भए पनि महिधिवेशन गर्न नेतृत्वलाई आग्रह गरेका छन् ।

रिपोर्टर्स क्लबमा ‘विधिवत महाधिवेशन पक्षधर विद्यार्थीहरु’ले आइतबार पत्रकार सम्मेलन गरेर गोजीबाट छनोट गरिएको नेतृत्व आफूहरुले नस्वीकार्ने चेतावनी दिए ।

नेविसंघ आरआर क्याम्पसका इकाइ सचिव ताराबहादुर थापाले महाधिवेशनको विकल्प महाधिवेशन भएको भन्दै पार्टीका नेताहरुको स्वार्थका कारण नेविसंघको भविष्य अन्धकार बनेको जिकिर गरे ।

उनले भने, ‘टीके प्रथा लोकतन्त्रविरोधी कार्य हो, हामी त्यसप्रकारको नेतृत्व स्वीकार गर्न सक्दैनौं, लोकतान्त्रिक माध्यमबाट नेतृत्व चयन गर्नुपर्छ ।’

नेविसंघका नेता सुरेश परियारले नेविसंघमाथि राजनीति गरेर पार्टीका नेताहरुले महाभुल गरेको बताए । यो इतिहासकै गम्भीर भूल हो, कांग्रेस आन्तरिक विवादमा फसिरह्यो भने लोकतन्त्र खतरामा पर्छ, त्यस समयमा हामीले जिब्रो टोक्नुबाहेक अर्को विकल्प हुँदैन’ उनले भने ।

नेतृ लक्ष्मी सिलवालले नेपाल विद्यार्थी संघको नेतृत्व तदर्थ समितिबाट चयन गरिए कडा प्रतिवाद गरिने चेतावनी दिएकी छिन् । ‘बरु समय थपेर भए पनि निर्वाचनबाट नेतृत्व चयन हुनुपर्छ, गत भदौमा संघको कार्यकाल सकिएपछि उत्पन्न जटिलतालाई चिर्नुपर्ने स्थिति छ’ उनले भनिन् ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *