Uncategorized

बत्तिसपुतलीमा जुवाखालबाट समातिएका १३ व्यापारी को-को हुन् ? (सूची)

२ कात्तिक, काठमाडौं । काठमाडौं प्रहरी परिसर, टेकुले चलाएको जुवा अपरेशनका क्रममा बत्तिसपुतली क्षेत्रबाट १३ जना व्यापारी पक्राउ परेका छन् ।

शनिबार राति मिराज होटलमा जुवा खलिरहेका वेला बत्तिसपुतली तथा कमलपोखरी क्षेत्रका १३ व्यापारी रंगेहात पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट ७ लाख ६१ हजार १ सय ९० नेपाली रुपैयाँ र १ हजार ८ सय ८० भारतीय रुपैयाँ बरामद भएको डीएसपी होविन्द्र बोगटीले बताए ।

उनका अनुसार पक्राउ परेका व्यापारीमध्ये कतिपय भारतीय मुलका छन् । पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी वृत्त, गौशालाको हिरासतमा राखेर जुवा ऐन अन्तरगत अनुसन्धान भइरहेको उनले बताए ।

यी हुन् पक्राउ पर्ने व्यापारीहरु

१. मनोजकुमार चितलांग
२. विजय अग्रवाल
३. राजकुमार चौधरी
४. देवकुमार अग्रवाल
५. गौरवकुमार अग्रवाल
६. सुरेशकुमार एलन
७. राजकुमार अग्रवाल
८. दिनेशकुमार अग्रवाल
९. रवि नेमानी
१०. जगदिश कुमार
११. मनिषकुमार नेमानी
१२. विकासकुमार नेमानी
१३. मनोजकुमार तितवाल

पछिल्लो समय काठमाडौं प्रहरीले जुवातासमा कडाइ गर्दै गएको छ । यसअघि गत असोज १९ गते राति प्रहरीले काठमाडौंको मूलपानीमा जुवाडेमाथि चलाएको अपरेशनका क्रममा भागदौड हुँदा २ जनाको मृत्यु भएको थियो ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *