Uncategorized

पाँच दिनदेखि हराएका किशोर मृत भेटिए

२७ कात्तिक, बारा । पाँच दिनदेखि हराएका निजगढ नगरपालिका–९ ठाडोलाइनका १८ वर्षका विनोद खड्का मृत भेटिएका छन् ।

घरभन्दा २ सय मिटर पूर्व रहेको प्रदीप खड्काको केराबारीमा मंगलबार विहान उनी मृत भेटिएका हुन् ।

अहिले प्रहरी टोली घटनास्थलमा पुगेको छ । चाडबाडको बेला भएकाले खेतमा कोही नगएको कारण शव ढिलो फेला परेको प्रहरीले बताएको छ ।

शवमा कुनै प्रकारको बाहिरी चोट पटक नदेखिएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक विक्रम लामाले जानकारी दिए ।

मृतकका बुवा वैदेशिक रोजगारीमा छन् । पढाइ छाडेका विनोद बेला–बेलामा घर छाडेर हिड्ने गरेका कारण बेपत्ता भएको अवस्थामा खोजी कार्यमा परिवारले ध्यान नदिएको स्थानीयले बताएका छन् ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *