Uncategorized

केन्द्रीय समिति सक्रिय बनाउन देवेन्द्र पौडेलको माग

२७ कात्तिक, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता देवेन्द्र पौडेलले पार्टी केन्द्रीय समिति निष्क्रिय भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । उनले तत्काल पार्टी केन्द्रीय समितिलाई सक्रिय बनाउन नेतृत्वसँग माग गरेका छन् ।

नेकपाको स्थायी समिति बैठक नबस्दा केन्द्रीय समिति निष्क्रियजस्तै भएको भन्दै उनले तत्काल स्थायी समिति बैठक डाकेर केन्द्रीय समितिलाई गति दिन पार्टीका दुवै अध्यक्षलाई आग्रह गरेका छन् ।

स्थायी समिति बैठक नबस्दा नेकपाको केन्द्रीय समिति कामविहीन जस्तै छ ।

पार्टीका शीर्ष नेतृत्व गुट-उपगुट र आसेपासेबाट प्रभावित नभई सिंगो नेपाल र नेपालीको नेतृत्व गर्ने गरी अघि बढ्नुपर्ने नेता पौडेलको भनाइ छ । उनले आमकार्यकर्ताहरु गुटको पक्षमा नभएर विशाल पार्टी निर्माणको पक्षमा रहेको पनि उल्लेख गरेका छन् ।

‘आम कार्यकर्ताहरु गुटको पक्षमा छैनन्, बरु विशाल पार्टी निर्माणको पक्षमा छन्’, पौडेलले फेसबुकमा लेखेका छन्, ‘त्यसैले छिटोभन्दा छिटो स्थायी समिति बैठक बसाइ केन्ऽीय समिति सक्रिय बनाइयोस् ।’

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *