Banner News

नेकपाको मंसिर ८ को कार्यक्रम बिफल पार्न प्रहरीद्वारा प्रचार सामाग्री कब्जा, दुई जना गिरफ्तार

कार्तिक २६, काठमाडौँ । नेकपाको मंसिर ८ गते शान्तिपूर्णरुपमा हुन गइरहेको जनसभाको पर्चा, पोस्टरलगायत प्रचार सामाग्रीलाई ठाउ-ठाउँमा प्रहरीले जफत गरेको छ ।

ढिलो गरी प्राप्त समाचारअनुसार कात्तिक १७ गते सप्तरीको कडरवामा सशस्त्र प्रहरी सिविर अन्तरगत कदमहापोष्टले नेकपाको मंसिर ८ गते हुन गइरहेको जनसभाको पर्चा, पोस्टरलगायत प्रचार सामाग्री लुटपाट गरेको रातो खबरमा समाचार छ ।

सशस्त्र प्रहरीले ‘प्रतिबन्धित समाग्री किन ल्याएको हो’ भन्दै सो सामाग्री लुटपाट गरेको जनाइएको छ ।

प्रहरीको यस्तो हर्कत प्रति ध्यानाकर्षण गराउदै नेकपाले भनेको छ, ‘नेपालमा कुनकुन दलहरु प्रतिबन्धित छन् भन्ने ज्ञानसम्म नभएका प्रहरी अधिकारीहरुले कसरी काम गरिरहेको होलान् सहजै बुच्न सकिन्छ ।’

त्यसैगरि कात्तिक २२ गते पाँचथर नौवाबाट मंसिर ८ गतेकै जनसभाको प्रचार पोस्टर टाँसदै गर्दा विजय निङ्वाङ र कविराज लिम्बुलाई प्रहरीले गिरफ्तार गरेको खबर प्राप्त भएको छ ।

प्रहरीको हस्तक्षेपलाई हेर्दा विप्लव नेतृत्वको नेकपाको कार्यक्रम बिथोल्न यस्तो कार्य भैरहेको सहजै अनुमान गर्न सकिन्छ ।

Source link

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *