Uncategorized

नेप्सेको विज्ञप्तिप्रति लगानीकर्ता असन्तुष्ट

२६ कात्तिक, काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले सोमबार मध्यान्ह सार्वजनिक गरेको प्रेस विज्ञप्तिप्रति लगानीकर्ताहरुले असन्तुष्टि जनाएका छन् ।  सोमबार नेपाल इन्भेष्टर फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलको नेतृत्वमा गएको टोलिले नेप्सेका सीईओ चन्द्रसिंह साउदलाई भेटेर असन्तुष्टि व्यक्त गरेका हुन् ।

नेप्सेले मध्यान्ह सेयर कारोबार प्रणालीमा कुनै समस्या नरहेको र डिस्प्लेमामात्रै समस्या देखिएको भन्दै प्रेस विज्ञप्ति सार्वजनिक गरेको थियो ।  आम लगानीकर्ताहरुले डिस्प्लेमै हेरेर कारोबार गर्ने भएकाले यसलाई सामान्य रुपमा नलिन नेप्सेलाई लगानीकर्ताहरुकाे आग्रह छ ।

अनलाइन कारोबार शुरु हुने दिन लगानीकर्ताहरु धेरै खुशी भएको तर, त्यो खुशी धेरै बेर टिक्न नसकेको फोरमका अध्यक्ष पौडेलले बताए ।  नेप्सेले गृहकार्य नगरी अनलाइन शुरु कारोबार शुरु गरेको र यसले कारोबारमा समस्या देखिएको भन्दै उनले तत्कालै सुधार गर्न आग्रह गरे ।

‘आम लगानीकर्ताहरुले अहिले लगानी गर्ने भनेको डिस्प्ले हेरेर नै हो, यसलाई सानो कमजोरीको रुपमा लिनु हुँदैन’, फोरम अध्यक्ष पौडेलले भने, ‘नेप्सेको होकवर्क कम भएर समस्या आएको हो, यसलाई कसरी हुन्छ समाधान गर्नुस् ।’
हाथ वे इन्भेष्टमेन्ट प्रालिका प्रवन्ध निर्देशकसमेत रहेका पौडेलले सोमबार कारोबार नै गर्न नपाएको बताए ।

लगानीकर्ताहरुको असन्तुष्टि पछि नेप्सेका सीईओ साउदले एकसाताभित्रै समस्यामा समाधान हुने आश्वासन दिएका छन् । समस्या सानो भए पनि बजारमा हल्ला धेरै भएको भन्दै  उनले एकसाता भित्र कुनै पनि समस्या नहुने गरी काम भइरहेको दाबी गरे ।

प्राविधिक टोलि राति ११ बजेसम्म खटेर काम गरिरहेको जानकारी दिदै सीईओ साउदले भने, ‘हामीले तिहार मनाएका छैनौं, भारतबाट आएको प्राविधिक टोलि पनि अहिले यहि्र छ, अस्ति मैले ११ बजे राति फोन गर्दा पनि आईटीका साथीहरु यहि्र हुनुहुन्थ्यो ।’ उनले समस्या समाधान गर्न नेप्से तत्पर रहेको लगानीकर्ताहरुलाई बताए ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *