Uncategorized

एभर्टनसँग बराबरी खेल्दै चेल्सीले अंक बाड्यो

२६ कात्तिक, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले एभर्टनसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ ।

आइतबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा चेल्सीले एभर्टनलाई पराजित गर्न सकेन । यता एभर्टनले भने बाहदुरीका साथ चेल्सीलाई बराबरीमा रोक्न सफल भयो ।

खेलअवधिभर चेल्सीले बल आफ्नो नियन्त्रणमा लिएको थियो । पहिलो हाफमा बराबरी खेलेको चेल्सीले दोस्रो हाफमा गोल गर्ने अवसर खेर फाल्दा जितविहिन बन्नु पुगेको हो । चेल्सीले एभर्टनको पोष्टमा १५ सर्ट प्रहार गरेको थियो । तर कुनै पनि सर्ट गोलमा परिणत हुन सकेन ।

एभर्टनसँग बराबरी खेलेसँगै चेल्सी तेस्रो स्थानमा झरेको छ । चेल्सीको १२ खेलबाट २८ अंक भएको छ भने एभर्टनको १२ खेलबाट १९ अंक रहेको छ । लिगको शीर्ष स्थानमा भने म्यान्चेस्टर सिटी कायमै रहेको छ । सिटीको १२ खेलबाट ३२ अंक हुदा दोस्रो स्थानमा रहेको लिभरपुलको समान खेलबाट ३० अंक रहेको छ ।

 

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *