Uncategorized

प्राधिकरणले भन्यो- ढुक्क हुनुस्, आज पनि देशभर बत्ती काटिँदैन

२१ कात्तिक, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आजको लक्ष्मीपुजाको दिनका लागि आवश्यक सबै तयारी सकाएको छ । देशभर कतै लाइट नकाटिने वातावरण बनाउन प्राधिकरणका कार्यकारी निर्देशसहित उच्च अधिकारीको टोली अहिले काठमाडौंमा विभिन्न वितरण केन्द्र र सबस्टेसनहरुको निरीक्षणमा निस्किएको छ ।

प्राधिकरणले समग्र तिहारमा विजुलीको कुनै अभाव नहुने बताएको छ । अधिकारीले तिहारको लक्ष्मी पुजाका दिनमा पिक डिमान्ड हुनेभन्दा बढी विजुली उपलब्ध रहेको बताए ।

‘हामी तिहारमा जति माग आए पनि कम्फर्टेबल छौं,’ उनले भने,’विजुली अभाव भएर कतै विजुली काट्नु पर्ने अवस्था आउँदैन ।’

उनले कतै प्राविधिक रुपमा वितरण तथा प्रसारणलाइनमा समस्या आएर केही समय विजुली काटिनेबाहेक लोडका कारण विजुली काट्नु पर्ने अवस्था नरहेको आश्वास्त पारे ।

यो वर्ष तिहारमा १ हजार २७० मेगावाट विजुलीको माग हुने अनुमान छ । तर, प्राकिरणले १३५० मेगावाटसम्म पनि विजुलीको माग धान्न गाह्रो नपर्ने बताएको छ ।

नेपाल विद्युत प्राधिकरणले लक्ष्मीपूजाका दिन बेलुकी कतैपनि लाइन नजाने गरी व्यवस्थापकीय तयारी गरेको छ । लक्ष्मी पुजाका दिन सबैतिर झिलिमिली बनाउन अधिकांश घरमा बत्ती सजाएएको छ ।

वर्षमै सबैभन्दा बढी बिजुलीको माग यसै दिनमा हुन्छ । त्यसैले यस्तो महत्वपूर्ण दिनमा कुनैपनि हालतमा बत्ती नजाने व्यवस्था गर्न प्राधिकरणले सबै तयारी पुरा गरेको छ ।

गत वर्ष पनि लक्ष्मी पुजाका दिनमा प्राधिकरणले कतै पनि बत्ती नकाटिने गरी लोड व्यवस्थापन गरेको थियो । भुक्तपुरमा भने ट्रान्सर्फमर जलेर समसया भएको थियो ।

प्राधिकरण स्रोतका अनुसार तिहार अघि नै सबै जलविद्युत् गृह, सबस्टेसन, प्रसारणलाइन तथा ट्रान्सर्फमरको मर्मत सकाएको छ । कुनै स्थानमा समस्या आउने बित्तिकै तत्काल सम्बन्धित स्थल पुगेर मर्मत गर्न नो-लाइटको टिम तयारी अवस्थामा राखिएको छ । यस्तोे टिम कतै समस्या आए त्यहाँ तुरुन्तै पुग्नेछ ।

लक्ष्मीपूजाको दिन सबैभन्दा बढी विद्युतको माग काठमाडौं उपत्यकामा हुन्छ । काठमाडौंसँगै ललितपुर, भक्तपुर, रसुवा, नुवाकोट, काभ्रेपलान्चोक, दोलखा, सिन्धुपाल्चोक र रामेछापमा पनि ठूलो मात्रामा बिजुलीको माग हुन्छ ।

काठमाडौमा स्युचाटार, बालाजु, बानेश्वर, लैनचौर, टेकु, पाटन, सिंहदरवार, चाबहिल, चपली, मातातीर्थ, बनेपा र पाँचखाल सबस्टेशनलाई चुस्त अवस्थामा राखिएको छ ।

२०७३ सालमाको लक्ष्मी पुजामा स्युचाटारको भारप्रेषण केन्द्रमा बसेर उपत्यका लोडसेडिङ नगर्ने परीक्षण गरेका प्राधिकरणका प्रवन्ध निर्देशक घिसिङ गत वर्ष पनि त्यहीँ बसेर लोड व्यवस्थापनको काम गरेका थिए ।

प्राधिकरणले देशभर लाइन नकाट्न लक्ष्मी पुजाका दिनमा हेटौंमा रहेको डिजेल प्लान्ट पनि चलाउने गरेको छ । यो १४ मेगावाट क्षमताको प्लान्ट हो ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *