१८ कात्तिक, गुल्मी । गुल्मीको सदरमुकाम तम्घासमा किरण पुस्ताकालयको अत्याधुनिक भबन निर्माण हुने भएको छ ।
जिल्लाको सदरमुकाम तम्घासमा बन्न लागेको पुस्ताकालय भवनको आइतवार नेपाल सरकारका श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले शिलान्यास गरेका छन् ।
किरण पुस्ताकालयको स्वर्ण जयन्तीको अबसरमा गुल्मीको सदरमुकाम तम्घासमा पुस्तकालय भवनको शिलान्यास गरिएको हो ।
भवनको शिलन्यास गर्दै मन्त्री बिष्टले सुखी नेपाली समृद्ध नेपाल बनाउने कल्पना स्वरुप सरकार लागि परेको बताए । ‘हामी गरिबी, अभाव र बेरोजगारिमा बाँचिरहेका छौ । हामीले छोटो अबधिमा हाम्रो देशलाई सुखी जनताको समृद्ध नेपाल निर्माण गर्नुपर्ने छ,’ मन्त्री विष्टले भने, ‘यो काम फेरि पनि जनताको प्रयत्नले सफल हुनेछ ।
तराई पहाड जोडिने यो राजमार्गसँग गुल्मी पनि जोडिनुले यस जिल्ला वासीको बिकासको लागि आर्थिक, सामजिक रुपान्तरको लागि धेरै महत्वपूर्ण भएको बताए । बिष्टले उनले आफ्नो मन्त्रालयले केहि दुरगामी र एतिहासिक निर्णय र योजना निर्माण गरेको बताए ।
आफूहरु अहिलेसम्म सरकारको जग निर्माणकै प्रक्रियामा रहेकाले बताए । अबको बाँकी काम जनपक्षीय विकास भएको बताए ।

उनले नयाँ संविधान र संघीयताको कार्यान्वयनसंगै तीन तहको निर्वाचन, त्यसको व्यावस्थापन तथा कानून निर्माण लगायतका काम मार्फत यो समयमा भएकाले अबको निकास समृद्धि र विकास भएको बताए ।
पुस्ताकालय भवन निर्माण कार्य सम्पन्न गर्न झण्डै ४ करोड बढी लागतमा निर्माण गर्ने गरी डिजाइन गरिएको इन्जिनियर अमन मास्केले बताए ।
उनले भवनलाई अत्याधुनिक बनाउने गरि डिजाइन तयार गरिएको बताए । भवन निर्माण सम्पन्न गर्न सम्पूर्ण लागत नेपाल सरकारबाट प्राप्त हुनेछ ।
मन्त्री बिष्टले भनव निर्माण कार्य सम्पन्न गर्न रकमको कुनै पनि अभाव हुन नदिने गरी निर्माण कार्य द्रूत गतिमा अगाडि बढने बताए ।
जिल्लाको सदरमुकाम तम्घासमा रहेकाकिरण पुस्तकलय सबै भन्दा पुरानो किरण पुस्ताकलय हो ।
पुस्ताकालय २०२५ सालमा स्थापना भएको हो । साहित्यिक क्षेत्र र पुस्ताकलय क्षेत्रमा काम गर्दै आएको पुस्ताकलयलेे स्थापना कालदेखि हाम्रो पुरुषार्थ नामक साहित्यिक पत्रिकाको प्रकाशन गर्दै आइरहेको छ ।



