Uncategorized

कांग्रेसको चियापानमा कार्यकर्ताको गुनासो : नेताहरु स्वार्थी भए

१६ कात्तिक, काठमाडौं । नेपाली कांग्रेस महासमिति वैठकको तयारीमा छ । तर, महासमिति वैठक कहिले बस्छ भन्नेमा शीर्ष नेताहरुकै मत बाझिएको छ ।

पदाधिकारी र उपत्यकाका तीन जिल्ला कार्यसमितिको संयुक्त बैठकले भने महासमिति बैठक आलोजनास्थल भृकुटीमण्डपमा तय गरेको छ । ‘महासमिति बैठक आगामी छठपछि बस्छ । यो सर्दैन’, कांग्रेसले शुक्रबार केन्द्रीय कार्यालय सानेपामा गरेको चियापानमा पत्रकारहरुसँग कांग्रेस उपसभापति विमलेन्द्र निधिले भने, सर्नुपर्ने कुनै कारण छैन ।’

सोही चियापान कार्याक्रममा कांग्रेस महामन्त्री डा.शशांक कोइरालाले भने महासमिति वैठक एक/दुई हप्तापछि सर्ने दाबी गरे । ‘महासमितिको वैठक प्रावधिक कारणले दुई हप्ता वा एक हप्ता जति सर्न सक्ने सम्भावना छ’ उनले भने ।

अरु धेरै विषयमा पनि कांग्रेसभित्र आन्तरिक किचलो छ । चियापानमा सहभागी कार्यकर्ता तिनै पार्टीभित्रका अन्तरद्वन्द्वबारे भलाकुसारी गरिरहेका थिए ।

चियाको चुस्कीसँगै भक्तपुरकी प्रतिमा पाठक र काठमाडौं नैकापकी सैलेजा बज्रचार्य विभिन्न समयमा पार्टीमा आफुले गरेको योगदान र त्यसबापत आफुले पाएको अवसर यस्तै-यस्तै विषयमा कुरा गरिरहेका थिए । ३६ सालदेखि आफू कांग्रेसमा सक्रिय रहेको बताउने पाठकले कांग्रेसमा नयाँ मोड आवश्यक रहेकोमा जोड दिइन् ।

हामी भोट दिनका लागिमात्रै त यो पार्टीमा लागेका होइनौं । तर नेताहरु स्वार्थी भए ।

‘कुनैपनि आस्थाको पछाडि लाग्दैमा केही भइहाल्छ भन्ने त होइन तर, मानव जीवनको उद्देश्य भनेकै सुख, शान्ति र समृद्धि त हो’, उनले भनिन्, ‘त्यसका लागि हामीजस्ता आम कार्यकर्ताको भलो हुने काम पार्टीले गर्‍यो कि गरेन ? हामी भोट दिनका लागिमात्रै त यो पार्टीमा लागेका होइनौं । तर नेताहरु स्वार्थी भए ।’

पाठकको भनाईमा बज्राचार्यले थपिन्, ‘प्रजातान्त्रिक पार्टी हो । विचारधारा, मूल्य मान्यता केही भडि्कएको छ । तर, यसको जिम्मेवारी सबैले लिनुपर्छ । नेताहरुले मात्रै नभई कार्यक्रत्ााले पनि लिनुपर्छ । तर उहाँले भनेजस्तो पार्टीमा नयाँ मोड भने देखिन्छ ।’

चाबहिलका मुकुन्दप्रसाद ढुङ्गानालाई पनि शीर्ष नेताहरु आासमा बाझेको पटक्कै मन परेको रहेनछ । ‘पार्टीमा एकताको खाँचो छ’, ढुङ्गाना भन्छन्, ‘कार्यकर्ता मिलेकै छन् । हेर्नुस न हामी त मिलेकै छौं । तर शीर्ष नेताहरु मिलेका छैनन् । त्यसकारण एकता तलबाट होइन, माथीबाट सुरु हुनुपर्छ ।’

शीर्ष नेताहरु नै तितरवितर भएपछि कार्यकर्ता भाडिँनु स्वभाविक रहेको भन्दै उनले कांग्रेसमा युवाहरुको खडेरी परेको सुनाए । ‘युवाहरुलाई आर्कषण गर्न सकेको देखिँदैन । आफ्नै सरकार हुँदा पनि युवा लक्षित त्यस्ता आर्कषक कार्यक्रम आउन सकेनन् ।’ उनले भने ।

राजनीति भनेकै सेवा हो भन्ने भाव नेताहरुमै नदेखिएको उनको गुनासो छ । व्यक्ति केन्दि्रत र स्वार्थकेन्द्रित राजनीतिमा नेताहरु लाग्नु पनि गत निर्वाचनको हारको एक प्रमुख कारण रहेको उनको भनाइ थियो । उनले अलमलिएर हिड्ने नेताहरुले देश र जनताको हित गर्न सक्दैन भन्ने सद्बुद्धि आओस भन्दै नेताहरुलाई शुभकामना दिएको सुनाए ।

गुट/उपगुट नै कांग्रेसको मुख्य रोग भएको भक्तपुर सूर्य विनायक नगरपालिका ६ कटुञ्जेका उद्धवराज जोशीको बुझाइ छ । त्यही गुटलाई आधार बनाएर र सक्रि कार्यकर्तालाई भन्दा अरुलाई टिकट वितरण गर्दा गत निर्वाचनमा पार्टीले चुनाव हारेको उनले बताए ।

‘हाम्रोमा अहिले पनि कांग्रेसको संगठन बलियो छ । तर, तारानाथ रानाभाटलाई उठाइदिए । जबकी स्थानीय स्तरमै सक्रिय कार्यकर्ता धेरै थिए । त्यहीँका सक्रिय कार्यकर्तालाई उठाइदिएको भए हामीले जित्ने थियौं तर हार्‍यौं’, उनले भने, ‘मलाई लाग्छ यस्तै खाले समस्या देशभर रहृयो ।’

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *