Uncategorized

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य, सम्भवतः आजै साँझ डिस्चार्ज

१६ कात्तिक, काठमाडौं । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. उत्तमकृष्ण श्रेष्ठले शुक्रबार बिहान एक विज्ञप्ति जारी गर्दै बिहान गरिएका परीक्षणका रिपोर्टहरु सामान्य रहेको जनाएका हुन् ।  प्रधानमन्त्रीको स्वास्थ्य अवस्था पनि सामान्य रहेको अस्पतालको भनाइ छ ।

उनको डिस्चार्जबारे भने अस्पतालले केही पनि बताएको छैन । तर, प्रधानमन्त्री ओलीको सचिवालयले भने उनको आजै साँझ डिस्चार्ज हुन सक्ने जनाएको छ । प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले अनलाइनखबरसँग भने, ‘दिउँसो २ बजे डिस्चार्जबारे सार्वजनिक गर्ने तयारी छ । सम्भवतः आजै साँझ डिस्चार्ज हुनसक्छ ।’

छातीमा समस्या देखिएपछि प्रधानमन्त्री ओली गत सोमबार मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएर उपचाररत छन् ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *