Uncategorized

कोपा डेल रे फुटबलमा लिओनेसामाथि बार्सिलोनाको कठिन जित

१५ कार्तिक, काठमाडौं । स्पेनिस कोपा डेल रे फुटबलमा बार्सिलोनाले कल्चरल लिओनेसालाई पराजित गरेको छ ।

बुधबार राति कोपा डेल रे फुटबलमा लिओनेसासँगको पहिलो लेगमा बार्सिलोनाले १–० गोलको कठिन जित निकालेको हो । बार्सिलोनाको जितमा क्लेमेन्ट लेङलेटले गोल गरे ।

पहिलो हाफमा दुबै टिमले गोलरहित बराबरी खेलेका थिए । बार्सिलोनालाई लिओनेसाले अन्तिम समयसम्म रोकेको थियो । पहिलो हाफमा बराबरी खेलेको बार्सिलोनाले दोस्रो हाफको अन्तिम अतिरिक्त समयमा गोल गर्दै जित हात पा¥यो ।

बार्सिलोनाका लागि खेलको अन्तिम अतिरिक्त समयमा लेङलेटले गोल गर्दै जित दिलाएका हुन् । पहिलो लेगमा कठिन जित हात पारेको बार्सिलोनाले अब दोस्रो लेगमा आफ्नै घरेलु मैदानमा लिओनेसासँग प्रतिस्पर्धा गर्नेछ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *