Uncategorized

गुल्मीमा सडकमै चालक र यात्रुलाई सचेतना

१४ कात्तिक, गुल्मी । जिल्ला ट्राफिक कार्यालय गुल्मीले सडकमै चालक, सहचालक र यात्रुहरुलाई सचेतनामूलक प्रशिक्षण दिन थालेको छ ।

प्रहरीले दुर्घटना न्यूनिकरण गर्न भन्दै प्रहरीले सडकमै चालक, सहचालक र यात्रुहरुलाई राखेर प्रशिक्षण कार्यक्रम सुरु गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख प्रहरी सहायक निरीक्षक (असइ) नारायण खनालले बताए ।

चालक, सहचालक र यात्रुहरुलाई सडकमै राखेर दुर्घटना हुने बिशेष अबस्थाहरुसँगै सही तरिकाले सवारी साधानलाई चलाउनु पर्ने जस्ता बिषयमा प्रर्शिक्षण दिदा प्रभावकारी हुने हुँदा अभियान थालिएको खनालले बताए ।

प्रशिक्षणमा सिट क्षमता भन्दा बढी यात्रु राख्ने, ओभर लोड बोक्ने, तीब्र गतीमा सवारी चलाउनेप्रति लक्षित गरी ट्राफिक प्रहरीले सचेतना दिने गरेका छन् ।

प्रशिक्षण कार्यक्रममा सवारी नियम बिपरीत चल्ने सवारी साधन र ओभरटेक गर्दा अपनाउनु पर्ने सही तरिकाको बारेमा चालक सहचालक यात्रुहरुलाई सड्कमै सचेतना दिन सुरु गरिएको प्रहरी सहायक निरीक्षक खनालले बताए ।

सवारी साधानलाई तरिकाको ओभरटेक बिधिमा साइड दिन मिल्ने उपयुक्त स्थानमा गाडीको गति कम गरेर अगाडिको गाडीले बायाँ साइडको इन्डिकेटर बालेर हातले पनि जानसक्ने इशारा दिने जस्ता बिषयमा प्रशिक्षण दिइएको प्रहरीले जनाएको छ ।

ओभरटेक गर्ने गाडीले दाहिने पट्टकिो इन्डिकेटर बाल्दै अगाडि जाने र ओभरटेक गरिसकेपछि आˆनो लेनमा फर्किन फेरि बायाँ साइडको इन्डिकेटर बाल्ने भनेर जानकारी समेत गराएको प्रहरी सहायक निरीक्षक खनालले बताए ।

यसअघि ट्राफिक प्रहरीले जिल्ला भर बिभिन्न विद्यालयहरुमा सचेतना कार्यक्रम सञ्चालन गरेको थियो । जिल्ला ट्राफिक कार्यालयको सक्रियतामा विद्यार्थीहरुका लागि २७ वटा कक्षा, सुरक्षित चालक बनाउन २ पटक कक्षाहरु सन्चालन भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका हवल्दार देवीप्रसाद पौडेलले बताए ।

सवारी धनि व्यवसायीक चालक तथा सहचालकलाई ३ वटा कक्षा, सर्बसाधरणलाई ८ वटा कक्षा, पर्चा पम पिलेट १५ पटक र स्थानीय सञ्चार माध्यमबाट समेत सचेतना कार्यक्रहरु सञ्चालन गरेको पौडेलले बताए ।

गुल्मीबाट छुट्ने सवारीका साधनहरुलाई टाइम कार्ड व्यवस्था गरिएको छ । बढ्दो सवारी दुरघटना न्युनिकरण गर्न भन्दै जिल्ला प्रहरी कार्यालय गुल्मी, जिल्ला प्रशासन कार्यालय गुल्मी, जिल्ला ट्राफिक कार्यालय गुल्मीको सक्रियतामा जिल्लाबाट छुटने सवारीका साधनहरुलाई टाइम कार्डको व्यवस्था गरिएको हो ।

जिल्लाबाट पाल्पा, बुटवल, काठमाडौं लगायतका स्थानमा छुटने सवारीका साधनहरुलाई टाइम कार्डको व्यवस्था गरिएको छ । सदरमुकाम तम्घासबाट जिल्ला बाहिर छुटने सवारी साधनहरुलाई रिडीसम्मका लागी टाइम कार्डको व्यवस्था गरिएको हो ।

जिल्लामा पहिलो पटक झण्डै ३ वर्ष पहिले तत्कालिन प्रमुख जिल्ला अधिकारी प्रदिपराज कंडेलले टाइम कार्डको लागू गरेका थिए । केही महिना नियमित भएपनि पुनः बन्द भएको थियो । तर, पछिल्लो पटक जिल्लाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले टाइमकार्ड पुनः लागू गरेका हुन् ।

दुर्घटना न्यूनिकरणमा टाईम कार्डले मदत पुर्याएपछि यसलाई पुनः सञ्चालनमा ल्याइएको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *