Uncategorized

छोरी मैयाँ श्रेष्ठ स्मृति प्रतिष्ठानले तनहूँका विद्यालयलाई दियाे शैक्षिक सामग्री

१४ कात्तिक, काठमाडौं । छोरी मैयाँ श्रेष्ठ स्मृति प्रतिष्ठान, काठमाडाैंले तनहूँका ८ विद्यालयमा शैक्षिक सामग्री सहयोग गरेको छ ।

तनहुँको जनज्योति उच्च मावि, पार्वती मावि, धर्म मावि, दीपक मावि, जनज्योति आधारभूत विद्यालय, बाल शैक्षणिक आधारभूत विद्यालय, जनशक्ति आधारभूत विद्यालय, बाल विद्याश्रम आधारभूत विद्यालयमा प्रतिष्ठानले शैक्षिक सामग्री वितरण गरेको हो ।

पार्वती माविलाई पाँच थान कम्प्यूटर र आठ विद्यालयका ७० विद्यार्थीलाई पोशाक र स्टेशनरी वितरण गरिएको प्रतिष्ठानकी अध्यक्ष सुजाता श्रेष्ठले जानकारी दिइन ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *