Uncategorized

इसेवाको तिहार अफर सार्वजनिक, हवाई टिकटमा शतप्रतिशत क्यासब्याक

१३ कात्तिक, काठमाडौं । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा फोन पे प्रालिले नेपालीहरूको महान पर्व तिहारलाई लक्षित गर्दै एयरलाइन्स् टिकटमा विभिन्न अफर सार्वजनिक गरेको छ ।

अफर अन्तरगत हरेक दिन ३ जना भाग्यशाली विजेता घोषित हुनेछन् । एयरलाइन्स् टिकट काट्नेहरूमध्ये विजेता छनौट गरी प्रथम पुरस्कार स्वरुप शत प्रतिशत क्यासब्याक, दोश्रो पुरस्कार स्वरुप ५० प्रतिशत रकम क्यासब्याक र तेश्रो पुुरस्कार स्वरुप इसेवा वालेटमा एक हजार रिवार्ड प्वाइन्ट प्रदान गरिने छ । यो अफर कार्तिक २० गतेसम्म सञ्चालन हुनेछ ।

इसेवाले यसअघि दशैँलाई लक्षित् गर्दै ‘दशैँ धमाका’ उपहार योजना सार्वजनिक गरेको थियो । जुन उपहार योजनामा करिब ३ सय भन्दा बढिले उपहार जित्न सफल भएका थिए ।

इसेवा नेपाल राष्ट्रबैंकबाट अनुमतिप्राप्त नेपालको पहिलो भुक्तानी प्रदायक कम्पनि हो ।

इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूमा शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ४७ वटा बैंक सदस्य रहेका छन् ।

यी बैंकबाट इसेवामा रकम जम्मा गर्न तथा इसेवामा रहेको रकम बैंक खातामा रकम पठाउन सकिन्छ ।हाल इसेवाकादेशभर करिब ४० हजारभन्दा बढी इसेवाएजेन्ट रहेका छन् ।यी एजेन्टहरुकोबाट पनि यात्रुहरूले सहजै इसेवाका सबै सेवा लिन सकिन्छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *