Uncategorized

धनी बन्ने कला : धनाड्यहरुको पाँच बानी, जो सर्वसाधरणसँग हुँदैन

‘गरिब भएर जन्मनु तिम्रो दोष होइन, बरु गरिब भएर मर्नु तिम्रो गल्ती हो ।’

भनाईको सार के हो भने, हामी धनी हुने जन्मले होइन, आफ्नो कर्मले हो । जब जन्मन्छौं, त्यही दिनदेखि हाम्रो जीवन अनेक परीक्षाबाट गुज्रन थाल्छ । यी परीक्षामा हामी आफुलाई कति उत्कृष्ट ढंगले अगाडि बढ्न सक्छौं भन्ने कुराले नै समग्र हाम्रो जीवनको मूल्यांकन गर्छ । अर्थात हामी जीवनमा जति उत्कृष्ट ढंगले, जति सार्थक ढंगले, जति सकारात्मक ढंगले कुनै कर्म गर्छौं, त्यही नै हाम्रो जीवनको उपलब्धी हुनेछ ।

यो संसारमा यस्ता व्यक्ति छन्, जोसँग अथाह धन-सम्पति छ । यो संसारमा यस्ता व्यक्ति छन्, जोसँग एक छाक टार्ने खाद्यन्न छैन ।

यो संसारमा यस्ता व्यक्ति छन्, जो समयको रफ्तारभन्दा बढी गतिशिल काम गरिरहेका छन् । यो संसारमा यस्ता व्यक्ति छन्, जो पट्यारलाग्दो दैनिकीमा ‘टाइम पास’को वाहाना खोजिरहेका छन् ।

यो संसारमा यस्ता व्यक्ति छन्, जसको कमाईले आफ्ना अरु लाखौं असाह्यहरु पालिएका छन् । यो संसारमा यस्ता व्यक्ति छन्, जो अरुको कमाईमा अश्रति जीवन विताइरहेका छन् ।

यी दुबैथरी व्यक्ति उसैगरी जन्मिएका हुन् । उस्तै कोखमा जन्मिएका हुन् । तर, आफ्नो कर्म, जाँगर, क्षमता, बुद्धिले एकथरी संसार जितिरहेका छन् । आलस्य, लाचारी, लापरवाही, अविवेकको कारण अर्काथरी दुःखी र गरिब छन् ।

भनाईको सार के हो भने, आफ्नो बल, विवेक, जाँगर र कर्मले धनसम्पति आर्जन गर्नेहरु आफैमा एक यस्तो पाठ हो, जसबाट हामीले धेरै उपयोगी कुरा सिक्न सक्छौं ।

यतिबेला हामी तिहारको संघारमा छौं । तिहारलाई लक्ष्मीको पूजाआर्जा गरिन्छ, जो धनको प्रतिक हो । जीवनमा पूर्णता पाउनका लागि धन पनि आवश्यक हुन्छ भन्ने यसले संकेत गर्छ । यसै सन्दर्भमा हामीले यहाँ विश्वका धनाड्यहरुको आनीबानी कस्ता हुन्छन् भन्ने कुरा पेश गरेका छौं ।

अक्सर हामी सुन्छौं, फलानो फोब्र्सको धनाड्य सूचीमा छन् । फलानोको सम्पति यति अर्ब डलर छ । जेफ बेजोस, वारेन बफे, बिल गेट्स, मार्क जुकरबर्ग यस्तै नाम हुन् । अब उनीहरु कसरी धनाड्य बने होलान् ?

हामी पनि पैसा वा धन दौलत आर्जन गर्नकै खातिर रातदिन दौडन्छौं । तर, हामीले अपेक्षाकृत नतिजा हासिल गरिरहेका हुँदैनौ । तर, ति धनाड्यहरु कसरी त्यती सम्पतिका मालिक भए ? उनीहरुले कस्तो कार्यशैली अपनाए ? यो निकै घतलाग्दो कुरा हो ।

अतः यहाँ धनाड्यहरुको पाँच आनीबानीबारे चर्चा गरिएको छ ।

आफुमाथि केन्द्रित

आम व्यक्ति अक्सर अरुको कुरा सुनेर आफ्नो धारणा बनाउँछन् । अरुले के भन्छन्, के सोच्छन् भनेर त्यही अनुसार आफ्नो कामको शैली बनाइरहेका हुन्छन् । तर, धनाड्यहरु फरक हुन्छन् । उनीहरु आफ्नो जीवनमा केही गर्नुछ भने त्यसमा अरुले के सोच्छन् वा के भन्छन् भन्ने कुराले कतिपनि विचलित हुँदैनन् । उनीहरु बस् आफुमाथि विश्वास गर्छन् । अर्कामाथि केन्द्रित हुनुभन्दा आफैमाथि केन्द्रित रहन्छन् ।

धनाड्यहरुमा यस्तो आत्माविश्वास हुन्छ कि, आफुले गरेको काममा पूर्णता दिलाएरै छाड्छन् । उनीहरु न अरुप्रति निर्भर हुन्छन्, न अरुप्रति केन्द्रित नै । उनीहरु आफुमाथि केन्द्रित रहेर काममा तल्लिन रहन्छन् ।

कर्म सबैभन्दा महत्वपूर्ण

अक्सर हामी जिन्दगीमा रमाइलोको खोजी गर्छौं । विवाह, भोज आदिमा समय बर्बाद गरिरहेका हुन्छौं । तर, धनाड्यहरुको सम्पूर्ण ध्यान काममा हुन्छ । उनीहरु अनावश्यक समयको खर्च गर्दैनन् । किनभने उनीहरुका लागि सबैकुरा काम हुन्छ ।

उनीहरु कुनैपनि काम गर्नुअघि लक्ष्य तय गर्छन् । त्यही लक्ष्य प्राप्तिका लागि तल्लिन रहन्छन् । यसबीचमा उनीहरु आफ्नो लक्षित कामभन्दा दायाँबायाँ पटक्कै लाग्दैनन् । अर्थात धनाड्यहरुका लागि काम नै पूजा हो ।

आम व्यक्ति सानोतिनो समस्यामा अल्भिmरहेका हुन्छन् । धनाड्यहरु भने आफ्नो काममा केन्दि्रत रहन्छन् र उनीहरुलाई सानोतिनो समस्याले अल्झाउँदैन । अर्को कुरा उनीहरुलाई आफ्नो उदेश्य वा लक्ष्य कसरी प्राप्त गर्ने भन्ने ज्ञान हुन्छ । यसले पनि उनीहरुलाई आत्माविश्वास र खुसी दिलाइरहेको हुन्छ । त्यही कारण उनीहरु अन्य रमाइलोमा नलागी आफ्नो काममा तल्लिन हुने गर्छन् ।

व्यवस्थापनको कला

हामी स-सना कुरा व्यवस्थापन गर्न नजानेर वा नसकेर दिक्क मानिरहेका हुन्छौं । आफ्नै दैनिक जीवन पनि हामीलाई झन्झटिलो लाग्छ । खाने, लाउने, काम गर्ने, रमाइलो गर्ने कुराको सही व्यवस्थापन गर्न नसक्दा अस्तव्यस्त हुन्छ ।

तर, धनाड्यहरु आफैमा यति कुशल व्यवस्थापक हुन्छन्, जसले हरेक कुरालाई ठिक ढंगले व्यवस्थापन गरिरहेका हुन्छन् । यस्ता व्यक्तिहरुको आफ्ना व्यक्तिगत व्यवस्थापक त हुन्छन्, तर उनीहरु स्वयम् पनि कुनैपनि कामलाई उत्कृष्ट ढंगले व्यवस्थापन गर्न सक्षम हुन्छन् ।

कहाँ, कसरी, कुन काम गर्ने भन्ने कुरामा कतिपनि अलमल गर्दैनन् । ठिक समयमा, ठिक निर्णय लिने र ठिक ढंगले काम गर्ने कुशलता उनीहरुमा हुन्छ ।

समयको महत्व बुझ्ने

हामी समाजमा धेरै मान्छे भेट्छौं, जो ‘टाइम पास’को वाहाना खोजिरहेका हुन्छन् । यस्तो वाहाना खोज्दै कोही सपिङमा त, कोही सिनेमा हलमा धाइरहेका हुन्छन् । कोही तासको खालमा जमिरहेका हुन्छन् त कोही चिया-गफमा तल्लिन हुन्छन् । तर, धनाड्यहरु यसरी समय नष्ट गर्दैनन् । कतिसम्म भने अहिले गर्नुपर्ने काम भोलिको लाथि थाँती राखियो भने त्यसले कतिसम्म असर गर्छ भनेर उनीहरु सचेत रहन्छन् ।

सोच महान

करोडौं कमाइ गर्ने व्यक्ति र सामान्य व्यक्तिमा स्पष्ट देखिने एउटा अन्तर हो, उनीहरुको सोच्ने शैली ।

सामान्य मानिस ठूला कुरा सोच्दैनन् । जबकी धनाड्यहरु सानो काम नै आँक्दैनन् । उनीहरु ठूलो फड्को मार्ने सोंच लिएर अगाडि बढ्छन् । ठूलो चुनौती सामाना गर्ने सामर्थ्य लिएर अगाडि बढ्छन् । त्यही कारण उनीहरु सफल हुन्छन् । हामीकहाँ पनि भनाई छ नि, उदेश्य के लिनु, उडी छुनु चन्द्र एक ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *