Uncategorized

भारतद्वारा वेष्ट इन्डिज २२४ रनले पराजित

१३ कार्तिक, काठमाडौं । चौथो एक दिवसीय क्रिकेट खेलमा भारतद्वारा वेष्ट इन्डिज २२४ रनको फराकिलो अन्तरले पराजित भएको छ ।

सोमबार राति सम्पन्न भएको चौथो खेलमा भारतसँग वेष्ट इन्डिजले लज्जास्पद हार ब्यहोरेको हो । ३७८ रनको विशाल चुनौती पछ्याउँदै ब्याटिङ गरेको वेष्ट इन्डिजले ३६.२ ओभरमा सबै विकेटको क्षतिमा १५३ रन मात्रै बनाउन सक्यो ।

वेष्ट इन्डिजका कुनै पनि ब्याट्सम्यानले राम्रो रन बनाउन सकेनन् । वेष्ट इन्डिजका लागि कप्तान जासन होल्डरले अविजित ५४ रन बनाए ।

वेष्ट इन्डिजका ब्याट्सम्यानलाई धरासायी बनाउन भारतका कुलदीप यादव र खालिल अहमदले समान ३–३ विकेट लिए ।

मुम्बईमा यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले वेष्ट इन्डिजविरुद्ध ३७७ रनको विशाल स्कोर बनाएको थियो । भारतका लागि दुई जना खेलाडीले शतक प्रहार गरे । भारतका ओपनर रोहित शर्माले १६२ रन बनाए । उनले १३७ बलमा २० चौका र ४ छक्का प्रहार गर्दै १६२ रन बनाएका थिए ।

त्यस्तै, भारतका लागि आमबती रयुडुले १०० रन बनाए । उनले ८१ बलमा ८ चौका र ४ छक्का प्रहार गरे । त्यस्तै, भारतका लागि शिखर धवनले ३८ रन बनाए ।

बलिङतर्फ वेष्ट इन्डिजका केमार रोयचले २ विकेट लिए । ५ खेलको एक दिवसीय सिरिजमा भारतले २–१ ले लिड गरेको छ ।

 

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *