Uncategorized

मनकामना केबलकारमा तीन वटा डब्बा थपियो

१२ कात्तिक, काठमाडौं । मनकामना केबलकारमा तीन वटा डब्बा थपिएको छ ।

मनकामना मन्दिर जाने बाटोमा २०५५ मंसिर ८ मा सुरु भएको केबलकारमा २० वर्षपछि डब्बा थपिएको हो । यसले दैनिक थप एक हजार यात्रुलाई सेवा दिनेछ ।

अब मनकामना केबलकारमा कुल ३४ डब्बा भएको छ । २० वर्षको अवधिमा एक करोड ३८ लाख १२ हजार बढी यात्रुले केबरकारमा यात्रा गरेका छन् ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *