Uncategorized

यु-१५ साफ च्याम्पियनसिप : भुटानलाई हराउँदै भारत सेमिफाइनलमा

१२ कात्तिक, काठमाडौं । १५ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा भारत सेमिफाइनलमा पुगेको छ ।

सोमबार भएको पहिलो खेलमा भुटानलाई ४-० गोल अन्तरले पराजित गर्दै समूह उपविजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको हो ।

सुरुदेखिनै भुटानमाथि दबाब राखेको भारतले चौथो मिनेटमा अग्रता लिएको थियो । उसका लागि पाउल सुभोले गोल गरेका थिए ।
पहिलो हाफमा १ गोल गरेको भारतले दोस्रो हाफमा ३ गोल थपेको थियो ।

भारतका सुब्बाब कुसाङले ६६ औं मिनेटमा टिमकालागि दोस्रो गाल गरेका थिए । उनै सुब्बाले ८३ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा भारत ३-० ले अघि बढेको थियो । ९० औं मिनेटमा पनि भारतले गोल गर्दै ४-० को जित निकालेको हो ।

भारत र भुटान आफ्नो पहिलो खेलमा पाकिस्तानसंग पराजित भएका थिए । पाकिस्तान ६ अंकसहित समूह विजेताको रुपमा सेमिफाइनलमा पुगि सकेको छ ।

सोमबार नै समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशसंग प्रतिस्पर्धा गर्दैछ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *