११ कात्तिक, काठमाडौं । आईसीसी विश्वकप क्रिकेटको ट्रफी राष्ट्रपति विद्यादेवी भण्डारीको हातमा पुगेको छ । वर्ल्ड टुरका क्रममा काठमाडौं ल्याइएको विश्वकप क्रिकेटको ट्रफी शीतल निवास पनि पुर्याइएको हो ।
राष्ट्रपतिले शीतल निवासमा ट्रफी सार्वजनिक गर्ने कार्यक्रम आकस्मिक रुपमा तय भएको हो । सुरुमा प्रधानमन्त्री केपी शर्मा ओलीले भेट्न भनिएको थियो । तर, ओली अस्वस्थ भएका कारण राष्ट्रपतिको हातबाटै ट्रफी सार्वजनिक गरिएको हो ।
वर्ल्ड टुरमा रहेको ट्रफी शुक्रबार नेपाल ल्याइएको थियो । त्यही साँझ स्वयम्भू र शनिबार पोखरा लगिएको ट्रफी आइतबार विहान चन्द्रागिरीमा सार्वजनिक गरिएको थियो । ट्रफी भोलि बसन्तपुरमा सार्वजनिक प्रदर्शनीमा राखिनेछ ।









