Uncategorized

सेयर बजारमा १३ अंकको गिरावट, कारोबार रकम ३२ करोड नाघ्यो

११ कात्तिक, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा १३ दशमलव ६२ अंकको गिरावट देखिएको छ ।

१३ दशमलव ६२ अंकले गिरावट आएर नेप्से परीसूचक १ हजार २ सय २७ दशमलव ४९ को विन्दुमा पुगेको छ ।

दिनभरमा भएको ४ हजार ९ सय ८५ कारोबारबाट विभिन्न कम्पनीका ११ लाख ९७ हजार १ सय ६ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ३२ करोड ६४ लाख ८३ हजार ६ सय ७३ रुपैयाँ पुगेको छ । आइतबार सबैभन्दा धेरै कारोबार ग्लोबल आईएमई बैंकको भएको छ ।

ग्लोबल आइएमईको २ करोड ३३ लाख ८८ हजार ३४३ रुपैयाँको शेयर कारोबार भएको हो । होटल समूह बाहेक आइतबार अन्य सबै समूह राताम्मे देखिएका छन् ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *