Uncategorized

पीपीएलमा धनगढी ब्ल्युज र काठमाडौं रोयल्स भिड्दै (लाइभ)

१० कात्तिक, काठमाडौं । सर्वाधिक पुरस्कार राशिको क्रिकेट प्रतियोगिता पोखरा प्रिमियर लिग (पीपीएल)मा धनगढी ब्ल्युज र काठमाडौं रोयल्सबीचको खेल सुरु भएको छ । काठमाडौं रोयल्सले टस जितेर ब्याटिङ रोजेको छ ।

पोखरा रंगशालामा शुरु पहिलो खेलमा ज्ञानेनद्र मल्लको कप्तानीमा रहेको काठमाडौं रोयल्स र दिपेन्द्रसिं ऐरीको कप्तानीमा रहेको धनगढी ब्ल्युज भिड्दै छन् ।

क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालीले पोखरामा पहिलो पटक सर्वाधिक पुरस्कार राशिको पीपीएल क्रिकेट आयोजना गरेको हो ।

कार्तिक २० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ६ टिमको सहभागिता रहेका छन् । प्रतियोगितामा विराटनगर टाईटन्स, चितवन राईनोज, पोखरा पल्टन, बुटवल ब्लास्टर, काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुज रहेका छन् ।

लाइभ हेर्नुस्

[youtube https://www.youtube.com/watch?v=_5cz6eabWxw]

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *