Uncategorized

हामी ४ बर्षदेखि प्रेममा थियौः दीपिका

चलचित्र ‘छक्का पन्जा ३’ले हलमा बम्पर कारोबार गरिरहेको समयमा यो चलचित्रकी नायिका दीपिका प्रसाइले निर्देशक दिवाकर भट्टराइसँग इन्गेजमेन्ट गरेकी छिन् । आखिर, दिवाकरसँग इन्गेजमेन्ट गरेकी दीपिकालाई उनको के कुरा मनपर्‍यो ? उनीहरुको प्रेम कहिलेदेखि थियो ? यो बिषयमा दीपिकाले अनलाइनखबरसँग कुराकानी गरेकी छिन् ।

दिवाकरजी र तपाइविचको प्रेम स्विकार अहिले आएर किन गर्नुभयो ?
हामी सही समयको प्रतिक्षामा थियौ । समाचार त पहिलेदेखि नै आएको हो । तर, हामीले औपचारिक रुपमा जानकारी दिएका थिएनौ नी त ।

तपाइहरुको प्रेम ‘ऐश्वर्य’ छायांकनदेखि नै भएको हो ?
यो कुरा होइन भन्न चाहन्छु । हामीले म चलचित्रमा आउनु भन्दा पहिले पनि एकपटक भेटेका थियौ । हामी प्रेम सम्बन्धमा रहेको ३-४ बर्ष भयो । चलचित्र ‘ऐश्वर्य’ खेल्नु अगाडि नै हामीविच कुराकानी हुन्थ्यो । त्यो प्रेम थियो या थिएन, थाहा भएन । तर, हामी एक अर्कालाई मन भने पराउथ्यौ ।

दिवाकरजीको के कुराले आकर्षित गर्‍यो ?
उहाँको साधारण बानीले मलाई आकषिर्त गर्‍यो ।

बिहे कहिले गर्नुहुन्छ त ?
बिहेको लागि यहि नै समय भनेका छैनौ । भयो भने यो मंसिरपछि या अर्को बर्ष । हतारमा गरिहाल्ने कुरा पनि आउँदैन । अलिकती समय लिएर राम्रोसँग गरौ भन्ने सोच छ ।

इन्गेजमेन्ट कसरी भयो ?
काठमाण्डौमा उहाँको परिवार र मेरो परिवार आउनुभाथ्यो । उहाँहरुको उपस्थितीमा हामीले इन्गेजमेन्ट गरेका हौ ।

तपाइहरुको परिवार तपाइहरुको सम्बन्धलाई लिएर कहिले सकारात्मक हुनुभयो ?
मलाई जुन दिन हामीविच प्रेम छ भन्ने लाग्यो सोही दिन मैले जानकारी दिएको थिएँ । उहाँहरु सकारात्मक हुनुहुन्थ्यो ।

कोर्ट म्यारिज गर्नुभएको हो ?
हो, हामीले कोर्ट म्यारिज पनि गरिसकेका छौ । ऐश्वर्यको छायांकनको समयमा नै हामीले कोर्ट म्यारिज गरेका हौ ।

अब, चलचित्र करिअर अगाडि बढाउनुहुन्छ या के गर्नुहुन्छ ?
हेर्नुहोस्, बिहे भनेको एकदिन जसरी पनि गर्नुपर्छ । तर, चलचित्रप्रतिको मेरो रुची अहिले बढेको छ । मैले राम्रो पनि गर्दै गएको छु । अहिले सबैजना सकारात्मक हुनुहुन्छ । दिवाकरजी पनि मैले काम गर्नुपर्छ भन्नेमा सकारात्मक हुनुहुन्छ । यसैले अगाडि बढाउँछु ।

तपाइको बिहेले कतिपय फ्यानको मन टुक्रियो होला, के भन्नुहुन्छ उहाँहरुलाई ?
अहिलेसम्म कोही पनि टुक्रियो भनेर आउनु भएको छैन । राम्रो मान्छे पाएकी छु, सायद कोही पनि निराश नहुनुहोला ।

प्रस्तुतीः विजय सुवेदी ‘आवाज’

 

कोर्ट म्यारिजपछि दिवाकर र दीपिकाले गरे इन्गेजमेन्ट

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *