Uncategorized

टिपरको वैकल्पिक मार्ग खोज्दै लाकुरीभञ्याङमा चार जिल्लाका सीडीओ

९ कात्तिक, काभ्रे । विकास निमार्ण र पुनर्निर्माणमा ठूलो क्षति पुगेको भन्दै चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) राजधानी भित्रिने टिपरहरुको वैकल्पिक मार्ग खोजीमा जुटेका छन् ।

बिहीबार मात्रै ४ जिल्लाका सीडीओले ग्वार्खो–लाकुरीभञ्याङ– कुशादेवी–पनौती सडक खण्डको विकल्पमा अध्ययन समेत गरेका छन् ।

काठमाडौका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य, ललितपुरका प्रेम जोशी, भक्तपुरका नारायणप्रसाद भट्ट र काभ्रेका कृष्णबहादुर राउतको टोलीले टिपरको वैकल्पिक मार्गबारे अध्ययन गरेको काभ्रेका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले अनलाइनखबरलाई जानकारी दिए ।

‘हामीले राजधानी भित्रिने टिपरबाट दुर्घटना बढेपछि राति ८ बजेपछि र बिहान ५ बजेसम्म मात्रै भित्रिन दिने निर्णय गरे पनि निमार्ण सामग्रीको चरम अभावले विकास निमार्णले गति लिन सकेन’, काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले भने, ‘यसको विकल्पमा ललितपुरको ग्वार्कोबाट काभ्रेको पनौती सडक खण्ड अध्ययन गरियो, अन्य वैकल्पिक मार्ग पनि अध्ययन गरेका छौं ।’ निचोडमा भने नपुगेको उनको भनाइ छ ।

‘राजधानी भित्रिने टिपरले दैनिक दुर्घटना निम्त्याएपछि एक्सनमा गएका हौं, तर हामीले विकल्प पनि छाड्नु हुँदैन’, भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायण भट्टले भने, ‘कुनै उपाय त लगाउनु पर्छ ।’

काभ्रेबाट मात्रै दैनिक १४ सयभन्दा बढी टिपरराजधानी भित्रन्छ ।

मुख्य सडक बनेपा बजारबाट साँगासम्म सर्भिस ट्रयाक चलाउने, भक्तपुरको सुर्यविनायक–कोटेश्वर, ललितपुर सातदोबाटो,ग्वार्को मुख्य सडकका सर्भिस ट्रयाकमा वाइक मात्रै चलाउन दिने विषयमा छलफल भइरहेको काभ्रे प्रहरी प्रमुख एसपी रविराज खड्काले जानकारी दिए ।

सबै वाइक र टिपरफरक फरक सडकमा गुडेपछि दुर्घटनामा कमी आउने खड्काको भनाइ छ ।

‘शुक्रबार एकपटक चार जिल्लाका सरोकारवालाहरु गृहमा बैठक बसेर थप निर्णय लिने तयारीमा छौं’, ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेम जोशीले भने ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *