Uncategorized

मापदण्ड विपरितका चार मिनरल वाटर उद्योगमा सिलबन्दी

८ कात्तिक, काठमाडौं । सरकारले काठमाडौंमा रहेका चार वटा मिनरल वाटर उद्योगमा सिलबन्दी गरेको छ ।

बिहिबार अनुगमनको क्रममा मापदण्ड विपरित प्रशोधित पिउने पानी उत्पादन गरिएको पाइएपछि काठमाडौंको विभिन्न स्थानमा रहेका स्नो ब्रेभरेज प्रालि, कञ्चनजंगा मिनरल वाटर उद्योग, अक्वा मिनरल वाटर उद्योग र सिटी मिनरल वाटर प्रालिमा सिलबन्दी गरेको हो ।

प्रशोधित पिउने पानी उत्पादन मापदण्ड निदर्ेेशिका विपरित संचालनमा रहेका चार वटै मिनरल वाटर उद्योगमा पानी उत्पादन गर्न रोक लगाइएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव युवकध्वज जिसीले जानकारी दिए ।

अनुगमनका क्रममा कतिपय मिनरल वाटर उद्योग दर्ता नभएको समेत भेटिएको छ । विधिसम्मत ढंगले संचालनमा नरहेका पानी उद्योगहरुलाई अनुगमन टोलीले तत्काल प्रक्रिया पूरा गर्न पनि सचेत गराएको छ ।

सचिव जिसीले उद्योगमा दर्ता समेत नगरेका मिनरल वाटर उद्योगहरुलाई प्रक्रिया पूरा गरेर मात्रै पिउने पानी उत्पादन गर्न सचेत गराइएको उनले बताए ।

उनले तोकिएको मापदण्ड पूरा नगरी पिउने पानी उत्पादन गर्ने कम्पनीमाथि कडा कार्वाही गर्ने चेतावनी दिए ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोली लिएर आाफै मिनरल वाटर उद्योगको अनुगमनमा निस्कनु भएका सचिव जिसीले सरकारले मानव स्वास्थ्यमाथि खेलवाड हुने गरी खाद्य वस्तु उत्पादन गर्ने कुनै पनि उद्योगलाई कार्वाहीको दायरामा ल्याउने पनि स्पष्ट पारे ।

सरकारले यस वर्ष खाद्य बस्तुको स्वच्छता कायम गर्न खाद्य स्वच्छता अभियान नै संचालन गरेको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *