Uncategorized

ब्रोजोभिकले स्वरेजलाई कसरी रोके ? मैदानमा सुतेर ….

काठमाडौं । के इन्टर मिलानले क्रान्तिकारी फुटबल रणनीति पत्ता लगायो ?

हो, च्याम्पियन्स लिगमा बुधबार राति बार्सिलोनासँग खेल्दा इटालियन क्लबले अहिलेसम्म कसैले नअपनाएको शैली अपनायो, जसको चर्चा विश्वभरका फुटबल समर्थकमाझ छ ।

यद्यपि इन्टरको हार भने टरेन ।

खेलमा बार्सिलोनाले फ्रि किक पायो । मेस्सी घाइते भएर नखेलेका कारण लुइस स्वरेज अगाडि आए ।

सामान्यतया यस्तो फ्रिकिक रोक्न विपक्षी टिमका खेलाडीहरु उर्भिएर ‘पर्खाल’ बनाउँछन् । इन्टरका खेलाडीहरु पनि लहरै उभिए । स्वरेजले चलाखी गरे कि वाल बनाएका विपक्षी खेलाडीहरु उफ्रिएको बेला बललाई गुडाएर पठाए ।

उनी गोल सेलिब्रेसन मुडमा देखिएका थिए । तर, गोल भएन । उनी मात्र होइन, खेल हेरिररहेका सबै आश्चर्यमा परे ।

नपरुन पनि किन ? इन्टर मिलानका एक खेलाडीले स्वरेजको बल रोक्न अनौठो शैली अपनाएका थिए । रेफ्रीले फ्रि किक हान्न सिट्टी बजाए लगतै अरु खेलाडी उफ्रिँदा मिडफिल्डर मार्सेलो ब्रोजोभिक भने हातारहतार सुतेका थिए । स्वरेजको बल उनलाई लागेर रोकियो र गोल हुन पाएन ।

यसरी फ्रि किक रोकेको देखेपछि खेल हेरिरहेका मेस्सी समेत हाँसेका थिए ।

तर, यसले इन्टर मिलानको हार टरेन र बार्सिलोना २–० ले विजयी भएको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *