Uncategorized

दाङको भालुबाङमा युवकको शव भेटियो

७ कात्तिक, दाङ । दाङको भालुबाङमा बुधबार बिहान एक युवकको शव फेला परेको छ ।

भालुबाङ बजारस्थित जय माँ दुर्गा भवानी फर्निचर पछाडि राप्ती नदीको किनारमा रहेको तटबन्ध छेउमा झुण्डी रहेको अवस्था शव भेटिएको इलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी निरीक्षक रवीन्द्रराज पाण्डेले जानकारी दिए ।

शव कसको हो भन्ने पहिचान हुन नसकेको उनले बताए । अन्दाजी ४० बर्षका युवकको मृत्युबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । ‘शव राप्ती नदीमा बनाइएको तारजालीको तटबन्धमा झुण्डिएको अवस्थामा शव फेला परेको छ, प्रहरी निरीक्षक पाण्डेले भने ।

यसअघि पनि भालुबाङको निर्माणाधीन बसपार्क नजिक भालुखोलामा एक वृद्धको शव फेला परेको थियो । ती वृद्धको शव अहिलेसम्म पनि पहिचान हुन सकेको छैन ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *