Uncategorized

मेलाको विषयमा विवाद हुँदा धरानमा झडप, दुई जना घाइते

६ कात्तिक, धरान । सुनसरीको धरानमा दशैंको बेलामा आयोजित मेलाको पक्ष र विपक्षका युवाहरुबीच झडप भएको छ ।

मेलाको विपक्षमा रहेका युवाहरुले विरोध र्‍याली निकालेपछि मेला पक्षधर युवाहरुसँग झडप भएको प्रहरीले जनाएको छ ।

मेलामा खुकुरी हानाहानसमेत भएको छ । झडप नियन्त्रणका लागि प्रहरीले लाठीचार्ज र अश्रुग्याससमेत हानेको थियो ।

घटनामा मेला पक्षधर युवाको आक्रमणबाट समक्ष श्रेष्ठ र बालजित तामाङ घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य रहेको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयालले जानकारी दिए ।

‘मेलाको विरोधमा र्‍याली निकालेपछि झडप भएको बुझेको छु, म घटनास्थलतर्फ जाँदैछु, दुई जना सामान्य घाइते भएका छन्’ उनले भने । घाइतेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *