Uncategorized

बिजुली बस चढेर सिंहदरबार गए प्रधानमन्त्री

६ कात्तिक, काठमाडौं । साझा यातायातले मंगलबारदेखि काठमाडौंमा विद्युतबाट चल्ने बस सञ्चालनमा ल्याएको छ ।

बिजुली बस नाम दिइएको उक्त बस सेवाको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पुल्चोकबाट सिंहदरबारसम्म यात्रा गरे । उनले २०२० सम्म २० प्रतिशत विद्युतीय बस चल्ने दाबी गरे ।

साझाले एसियाली विकास बैंक (एडीबी) को सहयोगमा पाँच वटा विद्युतीय बस ल्याएको छ । यो लुम्बिनीमा सञ्चालनका लागि ल्याइएकोे थियो तर, पूर्वाधार तयार नभएसम्म काठमाडौंमा सञ्चालन गरिने साझा यातायातले जनाएको छ ।

हेर्नुहोस् तस्वीरहरु

 

 

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *