Uncategorized

आजका पत्रपत्रिकाः एसपी बिष्ट र इन्स्पेक्टर भट्टलाई निलम्वनको तयारी

५ कात्तिक, काठमाडौं । दशैंको विदामा केही दिन बन्द भएका दैनिक पत्रिकाहरु आजदेखि प्रकाशित भएका छन् । आज कान्तिपुर, अन्नपूर्ण, नयाँ पत्रिका, काठमाडौं पोस्ट, दी हिमालयनलगायतका पत्रिका प्रकाशित भएका छन् । अन्य दैनिक पत्रिका भने आज छापिएका छैनन् ।

आजका पत्रपत्रिकामा आइतबार बसेको नेकपाको सचिवालय बैठकले गरेको निर्णयले प्राथमिकता पाएको छ । रामवीर मानन्धरको राजीनामा अस्वीकृत भएको, पार्टीको जिम्मेवारी बाँडफाँटको गृहकार्य सुरु भएको लगायतका समाचार छापिएका छन् ।

त्यसैगरी नवलपरासीको अरुणखोला नजिकै बस खस्दा ६ जनाको मृत्यु भएको समाचार पनि आजका पत्रिकामा छापिएका छन् ।

कञ्चनपुरकी वालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा विवादित बनेका एसपी डिल्लीराज बिष्ट र एन्स्पेक्टर जगदीश भट्टलाई बर्खास्त गर्ने तयारी भैरहेको समाचार प्रायः सबै दैनिक पत्रिकाले लेखेका छन् ।

कान्तिपुर दैनिकले विभिन्न देशका लागि १० जना राजदूतहरु छिट्टै नियुक्त हुन लागेको परराष्ट्र मन्त्रालय स्रोतलाई उल्लेख गर्दै लेखेको छ ।

 

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *