Uncategorized

आईजीपी निवासमा दशैंको रौनक

३ कात्तिक, काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी प्रधान कार्यालयस्थित आफ्नो निवासमा शनिबार प्रहरी अधिकारीहरुलाई टीका लगाइदिएका छन् ।

विजया दशमीको दोस्रो दिन महानिरीक्षकले प्रहरी कर्मचारीहरुलाई टीका लगाइदिने प्रचलन अनुरुप उनले वरिष्ठ प्रहरी अधिकृतहरु, प्रहरी अधिकृत तथा प्रहरी जवानहरु, पूर्वप्रहरी कर्मचारीहरु एवं प्रहरी परिवारलाई टीका लगाइदिएका हुन् ।

टीका लगाइदिँदै प्रहरी महानिरीक्षक खनालले सुख, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको कामना समेत गरे ।






यो पनि पढ्नुहोस
‘फौजीलाई कुन हो दशैं, कुन हो चाड तिहार’

सोही अवसरमा नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष श्रीमती प्रमिला खनालले समेत संघका पदाधिकारी एवम् सदस्यहरु तथा प्रहरी परिवारहरुलाई बिजयादशमीको टीका लगाइदिइन् ।

सोही अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्कर कार्की र धिरु बस्न्यातले समेत उपस्थित प्रहरी अधिकृत तथा जवानहरु एवम् प्रहरी परिवारलाई टीका लगाइदिए ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *