Uncategorized

सुशान्त सिंह राजपुतलाई सेक्सुअल हृयारेसमेन्टको आरोप, शेयर गरे पर्सनल च्याट

सुशान्त सिहं राजपुतलाई पनि मिटु अभियानमा मुछिएका छन् ।  उनको अपकमिङ  फिल्म ‘किजी और मैनी’  को लिड एक्ट्रेस  सन्जना सांघीको सुटिङको क्रममा असहज महसुस गराएका थिए ।

सन्जनासँग एक्स्ट्रा-फेन्ड्रली हुने कोसिस गरेका थिए, जसको कारण सुटिङ नै रोक्नुपरेको थियो । यौन दूव्र्यवहारको आरोपमा सुशान्तले आफ्नो बचाउ गर्दै सफाई दिएका थिए ।

सुशान्तले सेयर गरे पर्सनल  च्याट

सुशान्तले ट्वीटरमा सफाई दिदै सन्जनासँग सेटमा भएको च्याट स्क्रीनसट सेयर गरेका छन् । सुशान्तले लेखेका छन्, ‘आफ्नो व्याक्तिगत जानकारी सबैको सामु ल्याउनुपर्दा नराम्रो लागिरहेको छ तर यसको अलवा अरु कुनै उपाय बचेको छैन ।’ सुटको पहिलो दिन देखी अन्तिम दिनसम्म सन्जनासँग के के भएको थियो भनेर सुशान्तले सेयर गरेका थिए ।

ट्वीटर एकाउन्ट अनभेरीफाई भएकोमा पनि दिए सफाई

भनिन्छ, सुशान्तलाई  यौन दूव्र्यवहारको आरोप लागेपछि ट्वीटरले उनको एकाउन्ट नै अनभेरीफाई  गरिदिएको थियो । र उसको नामबाट ब्ल्यु टिक हटाइदिएको थियो ।

यस बारेमा सुशान्तले सफाई दिँदै भनेका छन् उनको एकाउन्टबाट सेप्टेम्बर ५  तारीखको नै ट्वीटरबाट ‘ब्ल्यु टिक’ हटाइदिएको हो । त्यसैले विना क्रस चेक नगरी नै निष्कर्ष ननिकालियोस् ।

डाईरेक्टरले गर्दा फिल्म हातबाट निस्किएको

यस फिल्मका निर्देशक मुकेश छाबडालाई पनि आरोप लागेको थियो । सुशान्तको प्रवृत्तिको दुखेसो सन्जनाले उसँग पनि गरेका थिए । उसले गंभिर रुपमा नलिएको  कारण सन्जनाको आमाबुवा सेटमै गएर मुकेश छाबडासँग कुरा गरेका थिए तर उसले हाँसो मै उडाइदिएका थिए ।

यो मामलामा एक्सन लिदै फिल्मको प्रोड्युस गरिरहेका फक्स स्टार इन्डियाले मुकेेशको फिल्मबाट हटाइदिएका थिए । ट्वीटरमा यसको जानकारी दिँदै स्टार इन्डियाले लेखेको छ-‘एक जिम्मेवार अर्गनाइजेसन भएको नाताले हाम्रो वर्कप्लेसमा महिलाको साथ हुने यौन दूव्र्यवहारको गंभिर रुपमा लिँदै हाम्रो प्रोडक्सनमा बनिरहेको ‘किजी और मैनी’को डाइरेक्टर मुकेश  छाबडाको फिल्मबाट हटाउने निर्णय गरेको हो ।’

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *