Uncategorized

अष्ट्रेलियाले पायो ५३८ रनको लक्ष्य

काठमाडौं । पाकिस्तानले दोस्रो टेष्ट जित्न अष्ट्रेलियालाई ५३८ रनको विशाल दिएको छ ।

१०.४ ओभरमा विना विकेटको क्षतिमा बनाएको ५० रनबाट तेस्रो दिनको खेल थालेको पाकिस्तानले ९ विकेटको क्षतिमा ४०० रन बनाएपछि पारी समाप्तीको घोषणा गर्‍यो ।

उसका अनुसार बाबर आजम मात्र एक रनले शतक बनाउन चुके । उनी ९९ रनमा आउट भए । सर्फराज महमदले ८१ रन बनाए भने फखार जमानले ६६ र अजहर अलीले ६४ रन बनाए ।

नाथन लियोनले ४ विकेट लिए ।

पाकिस्तानले पहिलो पारीमा २८२ रन बनाएको थियो भने अष्ट्रेलियाले १४५ रन बनायो ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *