Uncategorized

अस्ट्रेलियन मसल एण्ड मोडेल प्रतियोगितामा परिक्षित र प्रिन्सालार्इ तीन/तीनपदक

मेलबर्न / अक्टोबर १३ र १४ तारिखमा मेलबर्नको मेलबर्न कन्भेन्सन सेन्टरमा टोनी एण्ड प्याट्रिसिया लानसियानोको प्रस्तुतिको रुपमा आयोजित अस्ट्रेलियन मसल एण्ड मोडेल प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगितामा मेल्बर्न निवासी नेपाली परिक्षित श्रेष्ठले स्ट्रिट मोडेल र फिटनेस नोभिस दुबैमा दोश्रो र फिटनेस ओपन हाइट क्लास-१ मा तेश्रो गरी तीन पदक हासिल गरेका छन् ।

यस्तै, सिड्नी निवासी प्रिन्सा श्रेष्ठले स्पोर्टस मोडल ओपेन क्लासमा तेश्रो र स्पोर्टस मोडल नोभिस र फिटनेस मोडल नोभिस दुबैमा पाँचौं गरी तीन पदक हात पारेकी छन् ।

करिब दुई हप्ताअघि मात्रै बालाराट युरेका मसल मोडेल प्रतियोगितामा परिक्षित श्रेष्ठले दुई स्वर्ण पदक हात परेका थिए र यस्ले उनलाई यो राष्ट्रियस्तरको च्याम्पियनसिपमा सहभागी हुन योग्य बनाएको थियो ।

अस्ट्रेलियाका बिभिन्न प्रतियोगिताका च्याम्पियन बनिसकेका सन्तोषकुमार श्रेष्ठले परिक्षित र प्रिन्सा श्रेष्ठ दुबैलाई यो राष्ट्रिय स्तरको प्रतियोगिताका लागि आवश्यक परामर्श दिएका थिए ।

पदक जितेपछि प्रिन्सा र परिक्षित श्रेष्ठ अाफ्नो टिमसँग

यो सफलता प्राप्तीले नेपालीको लागि यो क्षेत्र नयाँ नै भए तापनि नेपाली यो क्षेत्रमा पनि अगाडि बढन सक्ने प्रमाणित गरेको बताए ।

लुम्बिनी-कपिलवस्तु विश्व अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठले परिक्षितलाई बधाई दिंदै छोटो समयमा यसरी प्राप्त गरेको उपलब्धीलाई उल्लेखनीय मान्नुपर्ने बताउँदै आगामी दिनमा अझै उल्लेखनिय सफलता हासिल गर्न सकोस भनी शुभेच्छा प्रकट गरे ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *