Uncategorized

फिस्लिङमा बस खस्यो, १ घाइते, ४ को सकुशल उद्धार

२९ असोज, काठमाडौं । लमजुङबाट काठमाडौंतर्फ आइरहेको बस चितवनको इच्छाकामना गाउँपालिका–३, फिस्लिङमा दुर्घटना भएकाे छ । दुर्घटनामा १ जना घाइते भएका छन् भने ४ को सकुशल उद्धार गर्न प्रहरी सफल भएको छ ।

जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारी अनुसार ना ५ख ३७०५नम्बरको यात्रुबाहक बस गएराति १२ बजे त्रिशूली नदीमा खसेको हो ।

बस सडकबाट करिब ७० मिटर तल खसेर नदीमा पुगे पनि ४ जनाको सकुशल उद्धार गर्न प्रहरी सफल भएको छ । दुर्घटनाबारे समयमै जानकारी आएकाले अप्रिय घटना हुनबाट जोगिएको प्रहरी भनाइ छ ।

१ जना घाइते भएको र हराएका अर्का  १ व्यक्ति पनि सम्पर्कमा आएको प्रहरीले जनाएको छ ।

अघिपछि गाउँबाट काठमाडौं फर्कने गाडी खचाखच हुने गरेकाे भए पनि दशैं भएकाले बसमा चालकसहित ६ जना मात्र सवार थिए ।

प्रहरीले यात्रुवाहक बस दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *