Uncategorized

फेरि मोउरिन्होसँगै काम गर्न चाहन्छन् हजार्ड

२८ असोज, काठमाडौं । चेल्सीका फरवार्ड इडन हजार्डले फेरि जोसे मोउरिन्होसँग काम गर्ने इच्छा व्यक्त गरेका छन् ।

बेल्जियमका स्ट्राइकर हजार्ड २०१२ देखि चेल्सीमा छन् । उनले मोउरिन्होको नेतृत्वमा २०१४-१५ मा पि्रमियर लिग जितेका थिए । तर, अहिले मोउरिन्हो म्यानचेष्टर युनाइटेडमा छन् भने चेल्सीले यो सिजन सारीलाई प्रशिक्षक बनाएको छ । चेल्सी र म्यानचेष्टर युनाइटेड आगामी शनिबार आपसमा भिड्दैछन् ।

‘यदि मलाई कसैले सोध्छ कि कोसँग काम गर्न चाहनुहुन्छ ? हजार्डले भने, ‘म भन्छु माउरिन्हो । माउरिन्हो म्यानचेष्टर सिटीका प्रशिक्षक पेप गार्डिओला जत्तिको साहसी छैनन् तर, जुन सिजन हामीले उपाधि जित्यौं । हामीले राम्रो खेल्यौं र गोल गर्‍यौं ।’

त्यो सिजन हजार्डले १४ गोल गरेका थिए र त्यो सिजन उनी पीएफए प्लेयर्स अफ दि इयरको अवार्ड जितेका थिए । तर, मोउरिन्हो २०१५ डिसेम्बरमा बर्खास्त भए, जतिबेला क्लब अंक तालिकाको १६ औं स्थानमा थियो । त्यही बेला हजार्डले २४ खेलमा गोल गर्न सकेका थिएनन् । ‘१२ वर्षमा एक सिजन खराब रहृयो । त्यो मोउरिन्होको अन्तिम ६ महिना थियो’ उनले भने ।

‘हामीले लिग जितेपछि धेरै समय आराममा बितायौं । जसले गर्दा हाम्रो पुरानो लय बिगि्रएको थियो’ उनले भने, ‘त्यसपछि त कुनै उत्सुकता, कुनै रोमाञ्चकताविना अभ्यास, अभ्यास र मात्रै अभ्यासमा समय बित्यो ।’

हजार्ड यो सिजन प्रिमियर लिगको गोल तालिकामा ७ गोलसहित शीर्ष स्थानमा रहेका छन् ।

कतिपय बालोन डिओर जित्नका लागि हजार्ड स्पेनिस क्लब रियल मडि्रड जाने खाले चर्चा पनि चलिरहेका छन् । जसमा उनी सकारात्मक देखिन्छन् ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *