Uncategorized

छापामा आजः कसले के लेखे ?

२८ असोज, काठमाडौं । राजधानीबाट आज प्रकाशित दैनिक पत्रिकाहरुले विविध विषय उठाएका भए पनि पहिलो पृष्ठमा दुर्घटना र मृत्युका खबरहरु बढी छन् । म्याग्दीको गुर्जा हिमाल आरोहणका क्रममा ८ आरोहीको मृत्यु भएको र  कांग्रेस नेता चक्र बास्तोलाकाे निधन भएकाेलार्इ पत्रपत्रिकाहरूले विभिन्न शीर्षक दिएर लेखेका छन् । निजी क्षेत्रको पत्रकारिता विकासमा योगदान पुर्याएका हेमराज ज्ञवालीको निधनलाई पनि केही पत्रिकाहरूले छापेका छन् ।

पहिलो पृष्ठमै प्रदेशसभामा कर्मचारी अभाव भएको, बैंकमा एकैदिन ४६ अर्ब कारोबार भएको, १० वर्षीया बालिकाको बलात्कारपछि हत्या भएकोलगायत खबर छन् ।

हिम आँधीले ९ को मृत्यु भएको समाचार छापेको कान्तिपुरले प्रदेश २ को प्रदेशसभाले प्रदेश प्रहरी विधेयक शनिबार पारित गर्ने तयारी गरेको लेखेको छ । संविधान र संघीय कानूनसँग बाझिएकाले ४ महिनादेखि विचाराधीन विधेयक नेकपाको असहमतिबीच दुई पटक बैठक डाकेर नियम निलम्बन गर्दै पारित गरिएको हो ।

नागरिकले ‘रहेनन व्यावसायिक पत्रकारिताका धरोहर’ शीर्षक दिएर नेपाल रिपब्लिक मिडियाका संस्थापक अध्यक्ष हेमराज ज्ञवालीको निधनबारे ब्यानर समाचार छापेको छ । गुर्जा हिमाल आरोहणका क्रममा ८ नेपालीको मृत्यु भएको र कांग्रेस नेता चक्र बास्तोलाको निधनलाई पनि नागरिकले पहिलो पृष्ठमा नै समेटेको छ ।

अन्नपूर्णले प्रदेशसभामा कर्मचारी अभाव भएको, बैंकमा एकै दिन ४६ अर्ब कारोबार भएकोलगायत समाचार छन् ।

स्थानीय तहलाई बालमैत्री घोषणा गर्न प्रस्ताव गरिएकोलाई गोरखापत्रले एंकर बनाएको छ भने राजधानीले दशैं मान्न घर फर्किने क्रम बढ्दा राजधानी रित्तिएको लेखेको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *