Uncategorized

सुनकोशीमा बस खस्यो, एकको मृत्यु, ४ गम्भीर

२६ असोज, काठमाडौं । सिन्धुलीको मुलकोटमा बस सुनकोशी नदीमा खस्दा एक जनाको मृत्यु भएको छ भने ४ जना गम्भीर घाइते छन् ।

सिन्धुलीको मरिणबाट काठमाडौंतर्फ आउँदै गरेको ना ६ द ९१२ नम्बरको बस नदीमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख एसपी रामेश्वर यादवका अनुसार दुर्घटनामा अन्य ३ जना घाइतेको पनि उद्दार गरिएको छ ।

बसमा अन्य पनि रहेको हुन सक्ने आशंकामा खोजी र उद्दार कार्य जारी छ । गम्भीर घाइते ४ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *