Uncategorized

रंगुन नदीले बगाएर एक युवकको मृत्यु

२३ असोज, डडेल्धुरा । डडेल्धुराको भित्री मधेसमा पर्ने रंगुन नदीले बगाउँदा एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा परशुराम नगरपालिका-४ रौटेखानका अन्दाजी २७ वर्षीय नरेश दमाइ रहेको इलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ ।

सोमबार घरबाट माछा मार्न गएका नरेशलाई रंगुन नदीले बगाएको हो । मंगलबार माछा मार्ने व्यक्तिले उनको शव देखेपछि प्रहरीलाई खबर थिए ।

माछा मार्ने जालले बेरिएको अवस्थामा उनको शव नदीमा फेला परेको इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक इश्वरीदत्त पाण्डेयले जानकारी दिए ।

उनको शवलाई पोस्टमार्टमका लागि जोगबुढा अस्पतालमा राखिएको प्रहरी निरीक्षक पाण्डेयले बताए । उनी मिर्गी रोगबाट पीडित रहेको परिवारलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *