Uncategorized

सेयर बजारमा झिनो गिरावट

२३ असोज, काठमाडौं । सेयर बजारमा झिनो गिरावट देखिएको छ । मंगलबार सेयर बजार २ दशमलव ५९ अंकले घटेर १ हजार २ सय १७ दशमलव ९३ मा आइपुगेको छ । नेप्से परिसूचक २ दशमलव ५९ अंकले ओरालो लाग्दा कारोबार रकम भने ३४ करोड ३२ लाख ९४ हजार ४ सय ३० रुपैयाँ पुगेको छ ।

मंगलबार दिनभरमा कुल १ सय ६० कम्पनीको १० लाख १८ हजार ७९ कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

मंगलबार सबैभन्दा बढी नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको कारोबार भएको छ । नाडेपको ३ करोड ८५ लाख ३० हजार ९६० रुपैयाँको सेयर कारोबार भएको हो । अधिकांश समूहहरु ओरालो लागेका छन् ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *