Uncategorized

गौचन हत्याका नाइके गोलघरको पाहुना !

२१ असोज, काठमाडौं । निर्माण व्यवसायी महासंघका तत्कालिन अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न मुख्य नाइके समीरमान सिंह बस्न्यातलाई केन्द्रीय कारागारको गोलघरमा राखिएको छ ।

झण्डै एक वर्षदेखि ललितपुरको नख्खु कारागारमा रहेका उनलाई १५ असोजमा मुस्ताङ कारागार लगिएको थियो । त्यसमा परिवारले आपत्ति जनाए, इन्काउन्टर गर्न खोजेको भन्दै सर्वोच्चमा रिट हाले ।

सर्वोच्च अदालतले २४ घन्टाभित्र उपस्थित गराउन आदेश दिएपछि बस्न्यातलाई काठमाडौं ल्याइएको छ ।

उनलाई अहिले सुन्धारास्थित गोलघरमा पाहुना बन्दीका रुपमा राखिएको छ । ‘पाहुना बन्दीको रुपमा यहाँ राखिएको हो, सोमबार अदालत उपस्थित गराउने तयारी छ’ स्रोतले भन्यो ।

उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पक्राउ गरेर १७ मंसिरमा सार्वजनिक गरेको थियो । उनी प्रहरीको गुन्डा नाइकेको वर्गीकरणको सूचीमा ‘क’ वर्गमा परेका थिए ।






यो पनि पढ्नुहोस
गौचन हत्याकाण्डको नयाँ ट्वीस्टः घैंटेको लगानी फिर्ता नगर्दा हत्या !

किन लगियो मुस्ताङ ?

समिरलाई मुस्ताङ चलान लगत्तै उनकी श्रीमती माया शेरचन र दाइहरु सुधिरमानसिंह र सुविरमानसिंह बस्नेतले पत्रकार सम्मेलन गरी इन्काउन्टर गर्न खोजिएको दाबी गरेका थिए ।

उनहिरुले प्रहरीले षड्यन्त्रपूर्वक समिरलाई रातारात मुस्ताङ पु¥याएको भन्दै आपत्ति जनाएका थिए ।

तर, प्रहरीले भने नख्खु कारागारबाटै उनले अवैध गतिविधि चलाउन थालेपछि उनलार्य सरुवा गरेको दाबी गरेको छ । समीरमानले कारागारमै रहँदा अर्का गुन्डा नाइके रमेश बाहुनसँग मिलेर आपराधिक योजना बनाएकाले मुस्ताङ पठाउनु परेको प्रहरीको दाबी छ ।

के हो गोलघर ?

गोलघरलाई जेलभित्रको पनि जेल मानिन्छ । केन्द्रीय कारागारभित्र रहेको गोलो घरमा ७ वटा कोठा छ, जसलाई गोलघर भनिन्छ । त्यहाँ राखिने कैदीबन्दीलाई विशेष सुरक्षा प्रदान गरिन्छ भने अन्य कैदीबन्दीको सम्पर्कभन्दा टाढा राखिन्छ ।

विशेषतः सुरक्षा संवेदनशील भएका कैदीबन्दीलाई गोलघरमा राख्ने गरिन्छ ।

‘आत्महत्या गर्न सक्ने, अरुलाई हानी नोक्सानी पु¥याउन सक्ने, सुरक्षा खतरा भएका, उनीहरुको ज्यान जाँदा प्रमाणहरु लोप हुन सक्ने जस्ता स्थिति भएका कैदीबन्दीलाई राख्ने ठाउँ हो यो’, केन्द्रीय कारागारका एक अधिकारीले भने, ‘समिरलाई पनि त्यहीँको एउटा कोठामा राखिएको छ ।’

गोलघरकै अर्को कोठामा चर्चित ३८ क्वीन्टल सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ लाई राखिएको छ । त्यहाँ ललितपुरस्थित नख्खु कारागारभित्रै विष उत्पादन गरेर कैदी भक्तबहादुर सुनुवारको हत्या अभियोग लागेका अभिषेक सिंहलाई पनि राखिएको छ ।

चर्चित सिरियल किलर फ्रेन्च नागरिक चाल्र्स शोभराजलाई पनि गोलघरमै राखिएको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *