Uncategorized

दशैंको मुखमा चीनबाट दैनिक १५ ट्रक स्याउ आयात

२१ असोज, रसुवा । बडादशैँका लागि फलफूलको यथेस्ट व्यवस्था गर्न व्यवसायीले सामानको साथसाथै स्याउ आयात गर्न थालेका छन् ।

गत साउन–भदौमा स्याउ न्यून रुपमा आयात भएको थियो । असोज लागेपछि स्याउको आयात बढ्दै गएको छ । दैनिक १२ देखि १५ ट्रक स्याउ आयात गर्न थालिएको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ ।

यसैगरी दशैँका लागि तयारी पोशाक, खेलौनालगायत सामग्री आयात बढेको छ । असोज १८ गतेसम्म एक अर्ब ६३ करोड रुपैयाँ राजश्व सङ्कलन भएको प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाले बताए ।

असोजको भन्सार शुल्क असुली लक्ष्य ५७ करोड २४ लाख रुपैयाँ रहेको छ । व्यवसायीले दशैँका सामग्री आयातमा तीव्रता दिएका कारण भन्सार शुल्क भारी मात्रामा बढ्ने देखिएको छ ।

तीसभन्दा बढी कन्टेनरको भन्सार मालवस्तु जाँच गरिएको छ । ‘दैनिक ७० भन्दा बढी मालबाहक सवारी साधनको जाँच हुने गरेको छ’ कोइरालाले भने ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *