Uncategorized

स्तरीय विद्युत आपूर्ति गर्न वीरगञ्जका उद्योगीहरुको माग

१९ असोज, वीरगञ्ज । वीरगञ्जका उद्योगी व्यवसायीहरुले विद्युत आपूर्तिमा देखिएको विविध समस्याको बारेमा प्राधिकरणको ध्यानाकर्षण गराएका छन् ।

उद्योगी व्यवसायीहरुको तर्फबाट वीरगञ्ज उद्योग वाणिज्य संघले नेपाल विद्युत प्राधिकरणलाई ज्ञापनपत्र बुझाउँदै समस्याका बारेमा ध्यानाकर्षण गराएको हो ।

संघका वरिष्ठ उपाध्यक्ष गोपाल केडियाले काठमाण्डुस्थित नेपाल विद्युत प्राधिकरण पुगेर उप-कार्यकारी निर्देशक हरराज न्यौपानेलाई ज्ञापन पत्र बुझाएका थिए ।

वीरगञ्ज-पथलैया कोरिडोरमा रहेका उद्योगहरुले नियमित विद्युत आपूर्ति पाएपनि गुणस्तरीय नभएका कारण प्राधिकरणको ध्यानाकर्षण गराएको बरिष्ठ उपाध्यक्ष केडियाले बताए । ‘विद्युत आपूर्ति त नियमित भईरहेको छ, तर स्तरीय खालेको छैन,’ उनले भने, ‘गुणस्तरी विद्युत आपूर्तिका लािग प्राधिकरणलाई आग्रह गरिएको हो ।’

लोडसेडिङले भन्दा अनियमित विद्युत कटौतीले उद्योगमा बढी क्षती पुग्ने गुनासो व्यवसायीहरुले गर्दै आएका छन् । विद्युतको गुणस्तरीयतामा कमीका कारणले उद्योगहरुमा दिनहुँ पटक पटक पावर टि्रपिङ, पावर फेलियर, भोल्टेज फ्क्सन, सिंगल फेज सप्लाई जस्ता समस्या आउने गरेको गुनासो उद्योगी व्यवसायीहरुको छ ।

जसले गर्दा विद्युत् आपूर्ति अवरुद्ध भइ मिल, मेशिनरी, औद्योगिक उपकरणहरु बिगि्रने, उत्पादन प्रक्रिया समेत अवरुद्ध हुने र कच्चा पदार्थहरुसमेत खेर जाने गरेको छ ।

ज्ञापनपत्रमा यी सबै समस्या समाधान गरी गुणस्तरीय विद्युत आपूर्तिका लागि अग्रह गरिएको वीरगञ्ज उद्योग वाणिज्य संघले जनाएको छ ।

प्राधिकरणका उप-कार्यकारी निर्देशक न्यौपानेले प्राधिकरणले वीरगञ्ज पथलैयालाई प्रमुख प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् । ‘बारा पर्सा करिडोर प्राधिकरणको प्राथमिकतामा छ । विविध प्राविधिक कारणले सोचे अनुसार काम गर्न नसकिएको छैन,’ उनले भनेका छन्, ‘एक पटक वीरगञ्ज आएर उद्योगी व्यवसायी र सर्वसाधरणसँगसमेत छलफल गरेर आएका समस्या समाधानका लागि प्राधिकरणले कदम चाल्छ ।’

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *