Uncategorized

बलात्कारविरोधी अभियन्तालाई नोबल शान्ति पुरस्कार

१९ असोज, काठमाडौं । यसवर्षको नोबल शान्ति पुरस्कार डेनिस मुकेज र नदिया मुरादले पाएका छन् ।

कंगोमा आइएस लडाकुबाट बलात्कार र अन्य दुर्व्यवहारमा परेका महिला र बालिकाको उपचारमा संलग्न गाइनोक्लोजिस्ट डेनिस र बलात्कारविरोधी अभियन्ता नदियालाई नोबल शान्ति पुरस्कार दिइएको हो ।

उनीहरुले सशस्त्र युद्धमा बलात्कारलाई पनि हतियारको रुपमा प्रयोग गर्ने प्रचलनलाई अन्त्य गर्न निर्वाह गरेको भूमिकाका लागि नोबल शान्ति पुरस्कार दिइएको हो ।

नोबल कमिटीका प्रमुख बेरिट रेसस एन्डरसनले शुक्रबार नोबल पुरस्कार घोषणा गर्दै भने ‘ डेनिस मुकेज पीडितको रक्षाका लागि पुरै समर्पित भएका छन् । नदिया मुराद यस्तो साक्षी हुन् जसले आफू र अरुमाथि हुने यौन दुर्व्यवहारविरुद्ध आवाज उठाइन् । उनीहरुको अभियानले युद्धको समयमा यौन दुर्व्यवहारको डरलाग्दो अवस्था रहेको प्रष्ट देखाएको छ ।’

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *