Uncategorized

सात दिनमै शरीरबाट चिनीको मात्रा घटाउने स्वस्थ ‘डाइट प्लान’

हामीले खाने विभिन्न खालका गुलिया खानेकुराहरुमा चिनीको मात्रा अत्यधिक रहेको हुन्छ । हुन त चिनीले सुगरले हाम्रो आहारमा क्यालोरी बढाउने बाहेक अरु कुनै पोषण दिँदैन ।

चिनीको अत्यधिक सेवनले मोटोपना समस्या मात्रै निम्त्याउँदै यसबाट अरु पनि कैयौं स्वास्थ्य समस्याहरु हुन्छन् देखापर्छन् । जस्तै डायबिटिज र उच्च रक्तचाप ।

यसैले आफ्नो नियमित आहारमा चिनीलाई समावेश नगरेर कैयौं स्वास्थ्य समस्याहरुबाट बच्न सकिन्छ ।

अझै तपाईंको रगतमा सुगरको मात्रा बढी देखिएको छ भने त झनै आफ्नो आहारमा ‘सुगर डिटक्स डाइट’ समावेश गर्नु तपाईंको स्वास्थ्यको लागि फाइदाजनक हुन्छ ।

यस बाहेक खानामा चिनीको मात्रा घटाउनाले मानसिक रुपले फिट हुन र दाँतको समस्यालाई पनि टाढा गर्न मद्धत गछं ।

सुगर डिटक्स डाइटको कारणले शरीरमा उर्जा पनि बढ्छ । आफ्नो आहारमा सोया प्रोटिनलाई समावेश गर्नाले चिनीयुक्त खानेकुरा खाने इच्छा पनि कम हुन्छ ।

त्यसो भए आउनुहोस् जानीराखौं सात दिनमा शरीरमा भएको चिनीको मात्रा घटाउन वा सुगर डिटक्स गर्नको लागि स्वस्थ डाइट प्लान के हो ?

पहिलो दिन

बिहानको नास्ताः पालकको साथमा टमाटर र तुलसीको सुप

दिँउसोको खानाः तन्दुरी रोस्टेड काउली सुप र सलाद

बेलुकाको नास्ताः बदाम र किसमिसको साथमा डिटक्सिफाइङ कोलेजेन टर्मरिक टी सेवन गर्ने

रातको खानाः प्यालीओ चिकेन मिटबल र मटरको तरकारी

रातको खाना पछिः सुगर फ्रि आल्मन्ड बार्क चकलेट

दोस्रो दिन

नास्ताः दिमागलाई तेज बनाउन एभोकाडो स्मूथी

दिँउसोको खानाः प्रोटिनले भरपुर सलादको सेवन गर्नुहोस्

रातको खानाः साल्मन सलाद

रातको खाना पछिः सुन्तलालाई दालचीनीको साथमा सेवन गर्नुहोस्

तेस्रो दिन

नास्ताः चकलेट प्रोटिन पावर स्मुदी

दिउँसोको खानाः प्रोटिनले भरपुर सलाद सेवन गर्नुहोस् वा पत्तागोभीको सुप पनि फाइजनक हुन्छ

रातको खानाः पत्तागोभीको साथमा चिकेन ड्रमस्टिक सेवन गर्नुहोस् वा हरियो सब्जीहरु पनि लाभकारी हुन्छ

रातको खाना पछिः पपकर्नलाई दालचिनीको साथमा सेवन गर्नुहोस्

चौंथो दिन

नास्ताः आधा केरालाई १ चम्चा आल्मन्ड बटरको साथमा वा २ वटा अण्डा र आधा कप ब्लुबेरी

दिँउसोको खानाः प्रोटिनले भरपुर सलादको सेवन गर्नुहोस्

रातको खानाः सखरखण्ड र ब्रोकाउलीको साथमा चिकेन खानुहोस्

रातको खाना पछिः चकलेटमा डुवाइएको स्ट्रबेरीको सेवन गर्नुहोस्

पाँचौ दिन

नास्ताः फ्राइड एग एभोकाडो फ्ल्याटब्रेड पिज्जा

दिँउसोको खानाः रातमा बचेको खाना खानुहोस्

रातको खानाः सि्रम्प स्पागेटी स्क्वाश र पकाइएको टमाटर

रातको खाना पछिः पोमिग्रेनेट ब्ल्याकबेरी ककटेलको सेवन गर्नुहोस्

छैठौं दिन

नास्ताः बिहानको नास्तामा सखरखण्डको खानुहोस्

दिउँसोको खानाः एभोकाडो र प्रोटिनले भरपुर सलाद सेवन गर्नुहोस्

रातको खानाः एभोकाडो ससको साथमा नुडल्स सेवन गर्नुहोस्

रातमा खाना पछिः चिनी रहित बदामको दूध सेवन गर्नुहोस्

सातौं दिन

नास्ताः रातमा बचेको नुडल्स खानुहोस्

दिनको खानाः सुप वा प्रोटिनले भरपुर खाद्यपदार्धको सेवन गर्नुहोस्

रातको खानाः भात र कुरिलोको तरकारी सेवन गर्नुहोस्

रातको खानापछिः दालचिनीको साथमा एउटा सुन्तला खानुहोस्

 

 

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *