Uncategorized

नेयमारको दुई गोलमा पीएसजीको सहज जित

१४ असोज, काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा नाईसमाथि सहज जित निकालेको छ ।

शनिबार राति भएको खेलमा पीएसजीले नाइसलाई ३–० गोलअन्तरले पराजित गरेको हो । पीएसजीको जितमा नेयमारले २ गोल गरे । त्यस्तै, क्रिस्टोफर कुन्कुले गोल गरेका थिए ।

खेलको २२ औ मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १–० गोलले अघि रहेको पीएसजीले दोस्रो हाफमा थप २ गोल गर्न सफल भयो । खेलको ४६ औ मिनेटमा कुन्कुले गोल गर्दै पीएसजीलाई दोब्बर अग्रता दिलाएका थिए ।

एकपछि अर्को गरी नाइसमाथि हाबी भएको पीएसजीका लागि खेलको अतिरिक्त समयमा नेयमारले गोल गर्दै ३–० गोलको जित दिलाएका हुन् ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *