५ मंसिर, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा कृषिजन्य वस्तुको उत्पादनमा नभई वितरणमा समस्या रहेको बताउँछन् । ‘सही ढंगले वितरण गर्ने हो भने खाद्यान्नमा हामी अहिले नै आत्मनिर्भर छौं’ नेपाल समाजशास्त्र संघद्वारा बुधबार राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले भने । मुलुकको कुनै भागमा उत्पादन भएको वस्तु निर्यात भइरहेको तर अर्को भागमा उत्पादन कम हुँदा आयात […]
Author: purnakhabar
बादल गृहमन्त्री रहेसम्म निर्मलाको हत्यारा पत्ता लाग्दैन : गगन थापा
५ मंसिर, महेन्द्रनगर । नेपाली कांग्रेसका नेता गगन थापाले रामबहादुर थापा ‘बादल’ गृहमन्त्री रहेसम्म निर्मला पन्त हत्याको छानविन निष्कर्षमा नपुग्ने दाबी गरेका छन् । बुधबार महेन्द्रनगरमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा थापाले गृहमन्त्री बादल सयौं निर्मलाका बुवाआमाहरुमाथि कालो बादलका रुपमा मडारिरहेको आरोप लगाए । ‘म संसदमा बोलेको सम्झन्छु, मैले गृहमन्त्री बादलको क्षमतामाथि बादल लागेको भनेको थिएँ’ […]
लुम्बिनीमा मासु र मदिरा निषेध
५ मंसिर, बुटवल । गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई पञ्चशील क्षेत्र घोषणा गरिएको छ । पञ्चशील क्षेत्र घोषणासंगै अब लुम्बिनी गुरुयोजनाले समेटेको क्षेत्रभित्र पशु काटमार, मासु सेवन र मदिरा सेवन निषेध हुनेछ । प्राणी हिंसाबाट टाढा रहनु, मद्यपान नगर्नु, झूटो नबोल्नु, चोरी नगर्नु र व्यभिचार नगर्नु बुद्धका पञ्चशील सिद्धान्तमा पर्दछन् । यसअघि वनभोजमा आउने समूहले लुम्बिनी परिसरभित्रै […]
मन्त्री विष्टको प्रश्न : उहाँका श्रीमानलाई कहिले झिकाइदिनुहुन्छ ?
५ मंसिर, काठमाडौं । चितवनकी पूजा तामाङ आफ्ना बिरामी पतिलाई साउदी अरबबाट झिकाउने विषयमा ताकेता गर्न बुधबार दूधे बच्चा च्यापेर वैदेशिक रोजगार विभाग पुगेकी थिइन् । म्यानपावर कम्पनी र विभागले अनेक बहाना गर्दै उनलाई धेरै दिनदेखि झुलाइरहेका थिए । बुधबार भने पूजाले संयोगबस श्रममन्त्री गोकर्ण बिष्टलाई नै गुनासो सुनाउने मौका पाइन् । मन्त्री बिष्ट बुधबार […]
मिस वर्ल्डको भोटिङमा अग्रता लिँदै श्रृंखला, मल्टिमिडिया अवार्डकी दाबेदार
५ मंसिर, काठमाडौं । ६८ औं मिस वर्ल्ड प्रतियोगिताको मल्टिमिडिया अवार्डका लागि जारी भोटिङमा नेपालकी श्रृंखला खतिवडाले भारी अग्रता हासिल गरेकी छन् । सर्वाधिक भोट ल्याएर मल्टिमिडया अवार्ड जितेको खण्डमा उनी सिधै क्वार्टरफाइनल (टप ३०) मा पुग्नेछिन् । मिस वर्ल्डमा नेपालले लगातार सहभागिता जनाइरहे पनि कुनै उपलब्धी हासिल गर्न सकेको छैन । यसपालि श्रृंखलाबाट केही […]
हुसेन हत्या प्रकरणः ६ जना पक्राउ, सीआईबीको टोली पनि पुग्यो
४ मंसिर, काठमाडौं । सुनसरीको दुहबीमा व्यवसायी मोहम्मद फिदा हुसेनको गोली हानी हत्या भएको घटनामा संलग्न भएको आशंकामा ६ जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भुटाहामा शिक्षक खुर्शिद आलमको हत्याबारे अनुसन्धान जारी रहेकै वेला मारिएका हुसेनको घटनामा संलग्न भएको हुनसक्ने आशंकामा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) राजन […]
ओली र प्रचण्डलाई २२ नेताको पत्र : पक्षपातको सीमा नाघ्यो, आलोचनाको चाङ धेरै अग्लो भयो
५ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का २२ केन्द्रीय सदस्यले तत्काल केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्दै अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड समक्ष ज्ञापनपत्र बुझाएका छन् । अध्यक्षद्वयले भेट्न समय नदिएपछि उनीहरुले महासचिव विष्णु पौडेलमार्फत ज्ञापनपत्र बुझाएका हुन् । बुधबार नेकपाको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा महासचिव पौडेललाई भेटेर बुझाइएको नेता जगन्नाथ […]
शान्ति प्रक्रिया पुर्णरुपले असफल भयो
विस्तृत शान्ति सम्झौताको कुरा गर्दा बिषयको प्रारम्भ चुनुवाङ बैठकबाट हुन्छ । चुनुवाङ बैठकमा जे निर्णय गरियो, त्यो सही थियो । माओवादी जनयुद्धले जित्ने भएन, हार्न पनि पाएन । भएको शक्ति जोगाउने, त्यही सत्तामा हस्तक्षेप गर्ने र परिवर्तनको प्रक्रिया प्रारम्भ गर्ने भन्ने निर्णय सही थियो । त्यहाँबाट यता फर्किएपछि अधिकांश निर्णय र कदमहरु गलत भए । […]
हुसेनकी श्रीमतीको बयानः पुलमा ढुकेर बसेको मानिसले नै गोली हान्यो
५ मंसिर, मोरङ । सधैँझैं बुधबार बिहान मोहम्मद फिदा हुसेन र उनकी श्रीमती आशा मर्निङ वाकमा निस्किएका थिए । झिसमिसेमै निस्किएका उनीहरु करिब साढे ६ बजे सुनसरी मोरङ सिञ्चाई आयोजनाको शाखा नहरको बाटो हुँदै सुनसरी दुहबी नगरपालिका– ९ स्थित रानीगाउँनजिकै पुगेका थिए । गाउँकै छेउमा जय बाबा इँटा उद्योग छ । नेपाल विद्युत प्राधिकरणको स्थायी […]
यातायात कार्यालयले स्वीकार्यो गल्ती, लाइसेन्स रद्ध गर्न पत्रचार
५ मंसिर, काठमाडौं । यातायात व्यवस्था सवारी चालक अनुमतिपत्र कार्यालयले ट्रायल फेल भएकाहरुले लाइसेन्स लिएको स्वीकार गरेको छ । उसले उक्त अनुमतिपत्र रद्द गर्न पत्रचार गरेको छ । प्रदेश ३ यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र एकान्तकुनाबाट ट्रायल पास भएकाभन्दा धेरैले लाइसेन्स लिएको र त्यसमा विभागकै आइटी शाखाका कर्मचारी संलग्न भएको खबर आएको थियो । […]








