६ मंसिर, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका ७ का वडाअध्यक्ष दुर्गाप्रसाद पाण्डेले राजीनामा दिएको घोषणा गरेका छन् । वडाअध्यक्ष पाण्डेले इमेलमार्फत पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । बुधबार बसेको नगर कार्यपालिकाको बैठकमा गौतमबुद्ध सामुदायिक मुटु अस्पताललाई जग्गा दिने बिषयमा निणर्य गर्दा अस्पतालले माग गरे अनुसार १० बिघा भन्दा आधा कम ५ बिघा जग्गा दिनुपर्ने […]
Author: purnakhabar
आदेश तामेलीमात्र होइन छिटो काम गर्नुपर्यो : प्रधानमन्त्री
६ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयहरुलाई आदेश तामेली भन्दा पनि छिटो छरितो काम गर्न निर्देशन दिएका छन् । बिहीबार ७ मन्त्रालयको बजेट कार्यान्वयनको प्रगति विवरण सुनेपछि उनले मन्त्री र सचिवहरुलाई आदेश पालना गर्नेमात्र नभई विधिसम्मत र छिटो छरितो काम गर्न निर्देशन दिएका अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । आदेश तामेली भन्दा […]
बढैयाताल गोलीकाण्डः छोराको घरबार बिग्रेपछि मोहनलालको हत्या
६ मंसिर, बर्दिया । गत कात्तिक १९ गते बढैयाताल गाउँपालिकामा भएको गोलीकाण्डमा संलग्न पाँचजनालाई प्रहरीले पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । राति १ बजे सोही गाउँपालिका-३ गोव्रेपुरका ३५ वर्षीय मोहनलाल खटिकलाई गोली हानी हत्या गरेर फरार भएका मुख्य योजनाकार लक्षु भनिने लक्षिराम खटिक, शालिकराम खटिक, राजेन्द्र खटिकसहित मनोरथ भनिने राम मनोहर खटिक र रामजुगेश […]
महिला फुटबलरको भारतफोविया हटाएँ : हरि खड्का
आफ्नो फुटबल जीवनलाई फर्केर हेर्दा रोमाञ्चित हुन्छु । ४२ वर्षको उमेरमा आइपुग्दा अहिलेसम्म सोचेको फुटबलमात्रै हो । सानो बेला झापा चन्द्रगढीमा छँदा फुटबलको नशाजस्तो बसेको थियो अहिलेसम्म पनि छुटेको छैन । बरु बढेको छ । खेलाडी जीवन सकिएको धेरै भयो, तर पनि म फुटबलबाट टाढा हुन सकेको छैन । आखिर नशा न हो । त्यसैले […]
हाम्रो पुस्ता नै बन्दुक बोक्ने अन्तिम पुस्ता हो : अध्यक्ष तामाङ
६ मंसिर, झापा । अखिल (क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङले अब कुनै पनि नेपालीका छोराछोरीहरुले बन्दुक बोक्नु नपर्ने बताएका छन् । तामाङले आफ्नो पुस्ता नै बन्दुक बोक्ने अन्तिम पुस्ता भएको दाबी गरेका छन् । तामाङले मुलुकमा २४० वर्षदेखि सामन्तवादले जकडिएको सत्ताको तखता पल्टाउन हिजो बन्दुक बोक्न बाध्य भएपनि अब त्यो स्थिति नरहेको बताए । बिहीबार […]
आइप्याडमा ‘रातो’ हेर्दै प्रधानमन्त्री !
६ मंसिर काठमाडौं । केही साताअघि नेपाली मिडियामा समाचार आएको थियो, प्रधानमन्त्रीले आफ्नै कार्यकक्षमा बसेर विभिन्न मन्त्रीहरुको कार्यसम्पादन जाँचिरहेका छन् । हरेक मन्त्रालयको कार्यप्रगतिबारे प्रधानमन्त्रीले आफ्नै आइप्याड वा कम्प्युटरमा हेर्न मिल्ने गरी प्रधानमन्त्री कार्यालयले सफ्टवेयर बनाएको छ । प्रधानमन्त्री ओलीले हिजो बुधबार सिंहदरबारमा विभिन्न मन्त्रालयका मन्त्री र सचिवहरुलाई बोलाएर कामलाई गति दिन निर्देशन दिए । […]
श्रृङ्खलाले लगाएको गाउनमा कसरी भयो ब्लन्डर ?
६ मंसिर, काठमाडौं । मिस वर्ल्ड प्रतियोगिताको ६८ औं संस्करण चीनमा आयोजना भइरहँदा नेपालीहरुको ध्यान मिस नेपाल श्रृङ्खला खतिवडामा केन्द्रित छ । विगतका नेपाली प्रतिस्पर्धीहरुको तुलनामा उनीबाट बढी आशा गरिएको छ । ८ डिसेम्बरमा हुने मुख्य प्रतियोगिता अगाडि केही फास्ट ट्रयाक इभेन्टहरु हुन्छन् । यसमा जित्नेहरु सिधै क्वर्टरफाइनल (टप ३०) मा पुग्छन् । जसमध्ये टप […]
कामदार ठग्ने कम्पनी फेरि सक्रिय, श्रम मन्त्रालयले दियो कारवाहीको चेतावनी
६ मंसिर,काठमाडौं । मलेसियासँगको द्विपक्षीय समझदारीपछि सरकारले कामदार पठाउने प्रक्रिया शुरु गर्न गृहकार्य गरिरहेका बेला कारवाहीमा परेका केही संस्थाले ‘भिसा स्टाम्पिङ’ शुरु भएको भन्दै मेनपावर व्यवसायीबाट पासपोर्ट संकलन थालेका छन् । मलेसियासँग कामदार पठाउने प्रक्रियाबारे कुरा चलिरहेका बेला नेपाल सरकारबाट कारवाहीमा परेका संस्था भीएलएन र वान स्टप सेन्टरले अनधिकृत रुपमा काम शुरु गरेको भन्दै श्रम […]
मलेसियाको जेलभित्रै ठगिएका मानिसी काठमाडौंमा दलाल खोज्दै
६ मंसिर, मलेसिया । मलेसियाबाट गत बिहीबार साँझ पौने ६ बजे उडेको मालिण्डो एयरलाइन्सको जहाज राति करिब दश बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड गर्यो । जहाजले भुइँ छुँदा–नछुँदै यात्रुहरु आफलताफल गर्न थालिहाले । एयर होस्टेसले चुपचाप बस्न अनुरोध गरिरहेकी थिइन्, तर कोही यात्रु हाते झोला झिक्न हतारिएका थिए भने कोही आफन्तलाई फोन गर्न । सोही […]
ए डिभिजन लिग : एनआरटीमाथि च्यासलको फराकिलो जित
६ मंसिर, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा च्यासल युथ क्लबले न्युरोड टिम (एनआरटी) क्लबलाई फराकिलो अन्तरले पराजित गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा सम्पन्न खेलमा च्यासलले एनआरटीलाई ५–१ गोलअन्तरले पराजित गरेको हो । च्यासलको जितमा बिमल घर्तीमगर र अमिर श्रेष्ठले समान २–२ गोल र सन्तोष साहुखलले १ गोल गरे […]









