६ मङ्सिर, काठमाडौं । एक हजार बढी लगानीकर्ताको सामूहिक लगानीमा २५ मेगावाट क्षमताको सेती खोला जलविद्युत् आयोजनाको निर्माण हुने भएको छ । करीब रु पाँच अर्ब लागतको सो आयोजनामा धेरैभन्दा धेरैको सहभागिता गराउने लक्ष्य राखिएको छ । नेपाल विद्युत् प्राधिकरण र भिजन लुम्बिनी ऊर्जा कम्पनीबीच आज विद्युत् खरीद सम्झौता भएको छ । प्राधिकरणमा आज आयोजित एक समारोहमा […]
Author: purnakhabar
सरकारको स्पष्टीकरण : राष्ट्रपति र उपराष्ट्रपतिलाई विवादमा पार्न खोजियो
६ मंसिर, काठमाडौं । सरकारले राष्ट्रपतिका लागि सवारी खरिद र राष्ट्रपति तथा र उपराष्ट्रपतिको कार्यालय व्यवस्थापनबारे आफ्ना निर्णयको बचाउ गरेको छ । बिहीबार सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले पत्रकार सम्मेलन गरी राष्ट्रपतिको सवारी र कार्यालय व्यवस्थापनलाई जोडेर भएका टिकाटिप्पणीप्रति सरकार जानकार रहेको बताए । कतिपयले जनअन्जानमा टिप्पणी गरेको तर, त्यसमा लोकतन्त्रिक गणतन्त्र मन नपराउनेहरुले […]
सेयर बजार पुनः ओरालो दिशामा
६ मंसिर, काठमाडौं । सेयर बजार पुनः ओरालो लागेको छ । साताको पहिलो दिनदेखि नै निरन्तर ओरालो लागिरहेको सेयरमा बुधबार केहि सुधार हुने संकेत देखिएको थियो । बुधबार नेप्से परिसूचक करिब १ अंकले बढे पनि साताको अन्तिमदिन भने सेयर बजारमा १ अंकभन्दा बढीको गिरावट आएको छ । दिनभरमा भएका ४ हजार ३ वटा कारोबारबाट १ […]
सेयर बजार घट्नुको कारण: नगद लाभांश र तरलता समस्या !
६ मंसिर, काठमाडौं । साताको पहिलो दिन आइतबार ओरालो लागेको सेयर बजार साताको अन्तिम दिन बिहीबार पनि घटेरै बन्द भएको छ । तर, यस बिचको कारोबारहरु समेत बढ्न भने सकेका छैनन् । बुधबार शून्य दशमलव ८० अंकले हरियो देखिएको सेयर बजारले लगानीकर्तालाई केही आशा जगाएको थियो । बिहीबार पनि घटेरै बन्द भए पछि लगानीकर्ताहरु निराश […]
राष्ट्रपतिको गाडी खरिद प्रकरणबारे सरकारले मुख खोल्यो
काठमाडौ– राष्ट्रपतिलाई १८ करोडको गाडी खरिद गर्ने तयारी भइरहेको समाचार सार्वजनिक भएपछि सरकारले यसबारे मुख खोलेको छ । सरकारका प्रवक्ता समेत रहेका सुचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत राष्ट्रपतिको गाडी खरिद प्रकरणबारे सरकारको धारणा सार्वजनिक गरेका हुन् । आयोजित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले नकारात्मक प्रचार भएको भन्दै सम्मानित संथालाई बद्नाम गर्न खोजेर लोकतन्त्रलाई […]
पश्चिमा र छिमेकी अस्थिरता चाहन्छन्ः मुख्यमन्त्री पोखरेल
६ मंसिर,बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले पश्चिमा र छिमेकी देशले नेपालसहित सिंगो एशियामै स्थिरता हुन नदिने बताएका छन् । एशियाको विकास भयो भने आफू पछि परिन्छ भने डरले विशेष रणनीति अनुसार नै पश्चिमाहरुले एशिया रणनीति अन्तर्गत अस्थिरता पैदा गर्ने गरेको आरोप लगाए । सैनिक कलेजका अधिकृतहरुसँग सुरक्षा र विकासबारे बिहीबार छलफल गर्दै […]
प्रदेशसभा ३ को बैठक मंसिर १० गते बोलाइयो
६ मंसिर, हेटौंडा । घटस्थापनाको दिन स्थगित भएको प्रदेशसभा ३ को बैठक मंसिर १० गते बोलाइएको छ । प्रदेश राजधानीको बिषयमा सहमति जुटाएर मात्र बैठक बस्ने भनिए पनि प्रदेशसभा सचिवालयमा ५ वटा विधेयक अड्किएकाले त्यसलाई छलफलमा ल्याउन र अन्य केही विषय टुङ्गो लगाउने गरी बैठक बोलाइएको हो । १० गतेको प्रदेशसभाको वैठकमा राजधानीको विषयले भने […]
माछापुच्छ्रे बैंकद्वारा शेयरधनीलाई १० प्रतिशत नगद लाभांश प्रस्ताव
६ मंसिर, काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको बुधबार बसेको संचालक समिति बैठकले गत वर्षको खुद मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चूक्ता पूँजीको १० प्रतिशत नगद लाभांश वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको छ । बैंकले उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकको स्वीकृती दिएपछि र आगामी वाषिर्क साधारण सभाबाट पारित भएपश्चात १० प्रतिशत नगद लाभांस दिने निर्णय गरेको हो […]
पेट्रोल पम्पमा फैलिँदो ठगीः चिप्स पत्ता लागेपछि सफ्टवेयरबाट
६ मंसिर, काठमाडौं । पेट्रोल पम्पहरुले सफ्टवेयरमा नै गडबडी गरेर पेट्रोल पम्पहरुले ठगी गरिरहेको रहस्य खुलेपछि अनुगमन तीव्र पारिएको छ । बिहीबार पनि बाराको हरिओम आयल स्टोरमा यस्तै ठगीको पर्दाफास भयो । यो पम्पले प्रति ५ लिटरमा २३० एमएल तेल कम वितरण गरिरहेको तथ्य अनुगमनबाट खुलेको गुणस्तर तथा नापतौल विभागले जनाएको छ । विभागले अहिले […]
कर्मचारीको सहयोगविना देश निर्माण सम्भव छैन : मुख्यमन्त्री राउत
६ मंसिर, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले राष्ट्रसेवक कर्मचारीको सहयोग बिना देश निर्माण सम्भव नरहेको बताएका छन् । राष्ट्रिय योजना आयोगले जनकपुरमा आयोजना गरेको दिगो विकास लक्ष्यमैत्री योजना र बजेट एवम् अनुगमन तथा मुल्यांकन र तथ्यांक प्रणाली सम्बन्धी प्रदेशस्तरीय कार्यशाला गोष्ठीमा उनले सरकारी सेवा समयमै प्राप्त गर्ने वातावरण बनाउनुपर्ने धारणा राखे । […]









