ए डिभिजन लिगः आर्मीले पुलिसलाई हरायो

By purnakhabar

November 23, 2018

७ मंसिर, काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मीले अर्को विभागीय टिम पुलिसलाई हराएको छ ।

शुक्रबार भएको खेलमा आर्मीले पुलिसलाई १–० गोल अन्तरले हराएको हो । सात दोबाटोस्थित एन्फा कम्लेक्समा भएको खेलमा आर्मीको जितमा ३५ औं मिनेटमा टेकबहादुर बुढाथोकीले गोल गरे ।

खेलपछि आर्मीका प्रशिक्षक नविन न्यौपानेले गोल गरेपछि काउन्टर अट्याकमा गोल गर्ने रणनीति सफल नभएको बताए ।

अनलाइन खबरबाट